ताजा अपडेट »

तिनाउमा वार्डद्वारा विपन्न वर्गलाई पशु सहयोग

विहीबार, २८ चैत्र २०७५

चैत २८,
ग्लोबल आवाज

बुटवल । तिनाउ गाउँपालिका वार्ड नं. २ द्वारा आय–आयआर्जन गर्न उत्प्रेरित गर्ने उद्देश्यले गरिब तथा विपन्न वर्गका लागि बाख्रा र बंगुर वितरण गरिएको छ । वार्डले बिहिबार एक कार्यक्रमको आयोजना गरी ३ जना वार्डबासीलाई २/२ ओटा बाख्रा र ६ जनालाई २/२ ओटा बंगुर प्रदान गरेको छ ।

सो अवसरमा बोल्दै वार्ड अध्यक्ष राजेश श्रेष्ठले पहाडी क्षेत्रमा पशुपालनका लागि उपयुक्र्त वातावरण रहेको बताउँदै स्थानीय विपन्न वर्गलाई आर्थिक आर्जन र समृद्धिका लागि वडाले पशुुपालन कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरेको बताए । उनले भने‘वडा सरकार स्थानीय विपन्न वर्गका साथ छ । उहाँहरुको आर्थिक विकासका लागि वडाले वाख्रा,बंगुर ,कुखुरा,भैंसी ,माछा पालन र मौरी पालनमा सहयोग गर्न १० लाख विनियोजन वितरण कार्य सुरु गरेको छ ।’

उक्त कार्यक्रम मार्फत स्थानीय श्यामकली वि.क,उजेली वि.क,पवित्रा काउचा,धनिसरा दर्लामी,डम्वर खत्री,बेल कुमारी वि.क,मान कुमारी विस्ट,लषायतले बाख्रा पाएका छन् भने रिमी सर्तुङ,कृष्ण तुलाचन,किष्णु सोमै लगायतले बंगुर प्राप्त गरेका छन् ।