ताजा अपडेट »

टाइगर प्यालेसमा नयाँ वर्ष साँझ : सांगितिक माहोलसँगै विशेष छुट

विहीबार, २८ चैत्र २०७५

चैत २८,

बुटवल । २०७५ सालको बिदाइसँगै २०७६ सालको स्वागत स्वरुप यस क्षेत्रकै पहिलो पाँचतारे होटल “टाइगर प्यालेस रिसोर्ट”मा नयाँ वर्ष साँझ हुने भएको छ । यूवा पुस्ता माझ नेपाली नयाँ वर्षलाई रमाइलोका सथ मनाउने प्रचलन बढेसंगै युवाहरुको रुचिलाई मध्यनजर गरि यहि चैत्र ३० गते शनिबार नेपाली “न्यू इअर्स इभ” आयोजना गरिएको होटलले जनाएको छ ।

सांगितिक ब्याण्डको प्रस्तुतिसंगै लाईभ डान्स एवम् डिजेको प्रस्तुति पनि रहने कार्यक्रममा प्रति ब्याक्ति रु २५०० नेट टिकट शुल्क तोकीएको छ । ६ देखि १५ वर्ष उमेर समूहका लागि भने रु १५००/- नेट राखिएको छ । कार्यक्रममा अन्तराष्ट्रिय गाला डिनरका साथमा नेपाली तथा इन्डियन परिकारको पनि बिशेष स्वाद लिन पाईने होटलले जनाएको छ । १० जना वा सो भन्दा बढीको समूहमा आउनेहरुका लागि टिकटमा १० प्रतिसत विशेष छुटको व्यवस्था गरिएको पनि बताईएको छ ।

साथै नयाँ वर्षको शुभ अवसरमा होटलले पाहुनाहरुको सुविधाको लागि विशेष खालको प्याकेजहरु पनि उपलब्ध गराएको जनाएको छ । होटलले दुई जनाका लागि सम्पूर्ण करहरु सहित एक रातको रु १२,००० नेट तथा एक जाना का लागि रु.९००० नेटको नया प्याकेज पनि सार्वजनिक गरेको छ ।.जसमा कार्यक्रममा निशुल्क प्रवेशका सथै एउटा डिलक्स रुम, बेलकम ड्रिङ्क,गाला डिनर तथा निशुल्क ब्रेकफास्ट संगैं जिम, स्टिम एवम् सावनाको निशुल्क प्रयोग तथा स्पा, लौण्ड्री एवम् बेभरेजमा १५ प्रतिसत छुट समेत उपलब्ध गराईने होटलका ईभेन्टस एण्ड रिजर्भवेसन म्यानेजर रनधिर कुमार यादवले जानकारी गराएका छन् ।