यो साता संसारभरि समाचारमूलक घटनाक्रमसँग सम्बन्धित केही तस्बिर।
तस्बिरको क्याप्शन, टर्कीको इज्मिरमा भत्किएका भवनहरूको भग्नावशेषबाट हिँड्दै एक व्यक्ति। शुक्रवार आएको ७.० म्याग्निट्यूडको भूकम्पका कारण टर्की र ग्रीसमा क्षति पुगेको छ।तस्बिरको क्याप्शन, अमेरिकाको न्यूयोर्कमा मत हाल्दै एक व्यक्ति। अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचनको मुख्य दिनअघि नै उल्लेख्य सङ्ख्यामा मानिसहरूले मत हालेकाले यसपालि धेरै मतदान हुने अनुमान गरिएको छ।तस्बिरको क्याप्शन, भारतको बिहारमा भएको निर्वाचनमा मतदान गर्न पङ्क्तिबद्ध मतदाताहरू। बिहारमा सात करोड मानिस राज्यसभाका २४३ सांसद छान्न मतदान गर्न योग्य छन्। कोरोनाभाइरस महामारी फैलिएपछि भारतमा पहिलो पटक कुनै निर्वाचन भएको हो।तस्बिरको क्याप्शन, ब्याले नर्तकी अनुष्का जोए जेम्स ब्रजिलमा समुद्रको पानीमा नाच्दै।तस्बिरको क्याप्शन, कोर्न्वलमा पानीको छालमाथि हिँड्दै एक सर्फर। सामुद्रिक आँधी एप्सिलोनका कारण चलेको हावाहुरी र विकसित न्यून चापका कारण उत्तर एट्लान्टिक महासागरमा ठूलाठूला छाल बनेका छन्। हावाहुरी र वर्षाले यूकेका केही भागहरू प्रभावित भएका छन्।तस्बिरको क्याप्शन, स्विट्जरल्यान्डको स्टालिकोनमा शरद्याममा बाटोमा झरेका पातहरू हटाउँदै एक कर्मचारी।तस्बिरको क्याप्शन, स्कटल्यान्डको एउटा निकुञ्जमा फर्सी खान खोज्दै एउटा रेड रफ्ड लीमर। उक्त प्रजाति आईयूसीएनको अतिसङ्कटापन्न वन्यजीवको सूचीमा छ।
प्रतिक्रिया