कीर्तिपुरबाट देखिएका स्वयम्भू स्तुपा एवं हिम शृङ्खला
मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमाल देख्न सकिन्छ ।तस्बिर :रोशन सापकोटा/रासस
हिमाल हेर्दै आन्तरिक पर्यटक
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट हिमाल हेर्दै आन्तरिक पर्यटक । मानहुँकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यको रुपमा विकास भइरहेको छ ।तस्बिर : कृष्ण न्यौपाने /रासस
कीर्तिपुरबाट देखिएका हिम शृङ्खला
मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमाल देख्न सकिन्छ ।तस्बिर : रोशन सापकोटा/रासस
काभ्रेबाट देखिएका रमणीय हिम शृङ्खला
काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृङ्खला । जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको देख्न सकिन्छ ।तस्बिरः प्रदीपराज वन्त/रासस
चङ्गा उडाउँदै
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा चङ्गा उडाउँदै एक युवक । मानहुँकोटमा आन्तरिक पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ ।तस्बिर : कृष्ण न्यौपाने/रासस
अन्नपूर्ण हिम श्रृङ्खला
पोखराबाट शुक्रबार बिहान देखिएको अन्नपूर्ण हिम श्रृङ्खलाको सुन्दर दृश्य । तस्वीर स्कृष्ण दवाडी/रासस
सुन्तले डाँडाबाट देखिएको हिम श्रृङ्खला
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले बजार सो स्थानबाट देखिएको हिम श्रृङ्खलाको दृश्य । पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकामबाट ८ किलोमिटरको दूरीमा रहेको छ । तस्बिर : युवराज विष्ट /रासस
हिमालको थुम्का र हिम शृङ्खलाको दृश्य
सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङ्खलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ । तस्बिर सौजन्य : प्रमेश्वर झा/रासस
प्रतिक्रिया