तुलसीपुर । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन् । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गर्नुभएको छ । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए । “पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्यो, यो स्थान बगरमा परिणत भयो”, उनले भने, “बगरमा परिणत भएपछि यो स्थानमा अहिले मैले व्याजसायिक केरा खेती गर्न थालेको छु ।”
वार्षिक रु तीन लाख ६० हजार भाडा दिने सम्झौता गरी उक्त जग्गाामा ‘जी नाइन, वैलिएम हाईब्रेड र हरि साल’ जात लगायतकाका १५ हजार केराका बिरुवा रोपेको उनको भनाइ छ । तीन वर्षदेखि व्यावसायिक केरा खेती शुरु गरेकाका भुषालले पहिलो सिजनमै रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए । एउटा केराको बोटमा २७५ वटासम्म कोसा लाग्ने गरेका छन् । उनले दोस्रो सिजनमा करिब रु सात लाख आम्दानी गर्ने योजना बनाएका छन् । अहिले दोस्रो सिजनको केरा पनि तयार भइसकेको उनको भनाइ छ । हाल उत्पादन भएका केराहरु लमही बजारमै खपत हुने गरेको उनले बताए ।
प्राय फुटकर व्यवसाय गर्ने मानिसहरु फार्ममै पुगेर केरा लैजाने गरेका छन् । उहाँले केरा खेतीलाई अझै फराकिलो बनाउने सोचमा रहेको बताए । “अहिले १२ बिघामा केरा खेती छ, तर यतिले मात्रै पुग्दैन”, उनले भने , “यसलाई बढाएर करिब ३० बिघा बनाउने योजनामा छु ।” केरा खेतीका लागि मल आवश्यक हुने भएकाले अब केरा खेतीसँगै भैँसी र बाख्रा पालन गर्ने योजना बनाएको समेत उनले बताए ।
बाख्राका लागि खोरसमेत तयार पारिसकेको भन्दै कृषि फार्मका लागि रु २५ लाख लगानी भइसकेको उनको भनाइ छ । भुषालले अहिले प्रदेश सरकारबाट अनुदानका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङले भने रु चार लाख अनुदान दिइसकेको छ ।
भुषालले लमहीस्थित खिमबहादुर शाह माध्यमिक विद्यालयमा गणित विषयमा १० वर्ष अध्यापन गराराएका थिए । त्यसपछि दुई वर्ष निजी विद्यालयमा पनि अध्यापन गराएका उनले शिक्षक पेशाभन्दा पनि कृषि पेशामा सम्भावना देखेपछि उक्त पेशा रोजेका हुन् ।
उाले केरा खेतीको रेखदेखका लागि एक जनालाई रोजगारी समेत दिएका छन् । अन्य खेती जस्तै केरा खेतीमा पनि निकै मेहनत गर्नु पर्ने उनको भनाइ छ । उनका अनुसार वर्षमा दुई पटक मल दिनु पर्ने र केराको बोटलाई सफाइ गरिरहनु पर्ने हुन्छ ।
प्रतिक्रिया