ताजा अपडेट »

जीप दुर्घटनामा पूर्व सासंदको मृत्यु

विहीबार, २८ चैत्र २०७५


चैत २८,
ग्लोबल आवाज
गुुल्मी । जिल्लाको मुसिकोट नगरपालिकामा भएको जीप दुर्घटनामा परी पूर्व सांसदको मृत्युु भएको छ । मुसिकोट नगरपालिका १ पौदीअमराइमा लु१ ज १९५७ नम्बरको जिप दुर्घटना हुुँदा धुर्काेट गाउँपालिका ५ का पूर्व सांसद रुद्रमणि भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि मालिका गाउपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ । आज बिहिवार विहान मालिका गाउँपालिकावाट उक्त जिप वुटवलका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएको जानकारी प्राप्त भएको छ । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।