ताजा अपडेट »

घुस प्रकरणले विभूषण पाउनेको सूचिबाट नाम हट्यो

बुधबार, २७ चैत्र २०७५

चैत २७,

काठमाण्डौ । घुस लिँदालिँदै रंगेहात पक्राउ परेका भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठको नाम विभूषण पाउनेको सूचिबाट हटेको छ । श्रेष्ठलाई १ वैशाखमा राष्ट्रपतिबाट जनसेवाश्री विभूषण प्रदान गर्न लागिएको थियो ।


अख्तियार  दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेकाले श्रेष्ठको नाम विभूषित हुनेको सूचिबाट हटाइएको गृह मन्त्रालयले जनाएको छ । यो विभूषण राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई दिने गरिन्छ । जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएका थिए ।