चैत २७,
काठमाण्डौं । नेपालका अग्रणी उद्योगी गोल्छा परिवारका दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ । उनी केही समयदेखि मृर्गौलाका रोगी थिए । भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो ।
विराटनगरका उद्योगपति रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन नेपालकै अग्रणी उद्योगी समूह हो । रामलालका दुई छोरा हुलासचन्द्र र हंसराज गोल्छा थिए । दिवाकर हंसराजका छोरा हुन् । गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छा महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन् । उनी २०६४ सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बनेका थिए ।
प्रतिक्रिया