ताजा अपडेट »

ओलम्पिक छनौट : नेपाल र इन्डोनेशिया खेल्दै

मंगलबार, २६ चैत्र २०७५

चैत २६,

काठमाडौं । जारी ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले इन्डोनेशियाको सामना गर्दैछ । यसअघि नै दोस्रो चरणबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा नयाँ प्रतिद्धन्दी इन्डोनेशियासँग भिड्दैछ । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल इन्डोनेशियालाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

यी दुई टिमबीचको खेल दिउँसो पौने तीन बजेपछि शुरु हुँदैछ । यसअघि खेलेको दुवै खेलमा नेपालले हार बेहोरेको थियो । छनोटको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ३-१ गोलले तथा दोस्रो खेलमा भारतसँग ३-१ गोल नै पराजित भएको थियो ।

इन्डोनेशिया पनि दुवै खेलमा पराजित भएको थियो । त्यसैले यी दुई टिमबीचको लडाँई प्रतिष्ठाको लागि मात्र हुनेछ । त्यस्तै फिफा वरियतामा इन्डोेनेसिया नेपाल भन्दा निक्कै माथि रहेको छ । इन्डोनेशियामा ८६ स्थानमा छ भने नेपाल १ सय ३ स्थानमा छ । दुई खेलमा जित निकालेका  म्यानमार र भारतको सामान ६-६ अंक छ । तर, गोल अन्तरको आधारमा म्यानमार शीर्ष स्थानमा छ ।