चैत २५,
अर्घाखाँची । सदरमुकाम सन्धिखर्क स्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जादै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाझमा दुर्घटना हुदा तीन जनाको निधन भएको छ ।
लु १ ज १२२९ नम्बरको जिप दिउ“सो २ बजोतिर भूमिकास्थान नगरपालिका–८ नुवाकोटको लात्तेबाझ उकालोमा उक्लदै गर्दा ब्रेक फेल भएर सडकबाट तल खसेको थियो । घटनामा परि प्युठान ऐरावती गाउपालिका–२ बस्ने वर्ष ५० का धनबहादुर राना र ऐरावती बस्ने वर्ष १४ का मनिका आचार्यको घटनास्थलमै ज्यान गएको र अन्दाजी ६ वर्षीय बालकको सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी निरीक्षक गंभिरजंग थापाले बताए । बालककोे परिचय खुलेको छैन ।
१४ सिट जिपमा १८ जना यात्रु सवार थिए । जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सन्धिखर्कमै उपचार भैरहेको छ ।
प्रतिक्रिया