ताजा अपडेट »

बजेट: देश दौडाहामा अर्थसमिति

सोमबार, २५ चैत्र २०७५


चैत २५ ,

काठमाडौं । आउँदो आर्थिक वर्षको बजेटका विषयमा सुझाव संकलनका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थमसितिका सदस्यहरूले देश दौडाहा गर्ने भएका छन् । उनीहरु सातैवटा प्रदेश पुग्‍ने भएका हुन् ।

समितिका सभापति कृष्णप्रसाद दाहालका अनुसार जनताको चाहनाअनुसारको कार्यक्रम बनाउन सयोग पुगोस् भन्ने दृष्टिलै सातैवटा प्रदेश पुग्ने निर्णय लिइएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘अर्थसमितिले बजेटपूर्व छलफल गर्नु पर्ने हुन्छ, विगतको तुलनामा फरक ढंगले काम गर्ने र कार्यन्वयनमासमेत सकारलाई सहयोग पुर्‍याउनको लागि सातवटै प्रदेशमा पुग्ने निर्णय लिइएको हो ।’ आगामी वैशाख पाँच गतेदेखि दुईवटा टोली गठन गरेर फिल्ड पठाउने गरी समितिले तयारी थालेको छ ।

समितिका सचिव अर्यालका अनुसार दुईवटा टोलीमा नौ/नौ जना अर्थसमितिका सदस्य र तीन/तीन जना कर्मचारीलाई समावेश गरिएको छ । पहिलो टिमले १ देखि ३सम्म र अर्को टिमले बाँकी प्रदेश घुम्नेछन् । प्रदेश पुग्दा प्रदेश अर्थसमितिका प्रतिनिधि, प्रदेश अर्थ मन्त्रालकया प्रतिनिधि, त्यो क्षेत्रका निर्वाचित सांसदका साथै निजी क्षेत्र र सहकारी क्षेत्रका प्रतिनीधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । सबै प्रदेशबाट आएको सुझाव आगामी वैशाख १५ गतेभित्र अर्थ मन्त्रालयमा बुझाउने अर्थसमितिले जनाएको छ ।