बुटवल । रेडियोकर्मी तथा साहित्यिक क्षेत्रमा समेत कलम चलाउने तिलक अधिकारी अभिनय क्षेत्रमा उदाएका छन् । सामुदायिक रेडियो स्काई लोकआईडलले सुम्पिएको लोक दोहोरी गीत कानूनमा अधिकारीको मुख्य अभिनय रहेको छ । सो गीतमा पोखराकी कुसुम खड्काको पनि अभिनय रहेको छ ।
उक्त गीतमा निर्देशन राजु महोत्राले गरेका छन् भने संगीत गणेश अधिकारीले भरेका छन् । पार्वती आचार्य र अमित नेपालीले स्वारमा सजिएको गीत मालाश्री स्टूडियो काठमाडौंमा रेकर्ड गरिएको हो ।
गीतमा कलाकारहरुको पीडा र गाउँले मायामा रमेका जोडी सहरमा कसरी फसिन्छन् भन्ने गहन सन्देश बोकेको यो गीतले पर्दापछाडीको यथार्थता चित्रण गरेको छ । बुटवल वारिपरिका रमणीय ठाउँमा समावेश गरिएको गीतको छायांकन अनीश खड्काले गरेका छन् ।
सप्तक तथा स्वाभिमान क्रियशनले बजार व्यवस्थापन गरेको सो गीतलाई बिहानी फिल्मस्को अफिसियल यूटूब च्यानलबाट हर्न सकिन्छ ।
भिडियो :
प्रतिक्रिया