बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा अवस्थित अस्थाई कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षिय पुरुषको आज विहान साढे ७ बजे मृत्यु भएको कोरोना फोकल प्रसन डा. सुदर्शन थापाले ग्लोबल आवाजलाई जानकारी गराए ।
रुपन्देहीको देवदह-१० घर भई गत असोज २० गते अस्पताल भर्ना भएका उनलाई हिजो देखि आइसियू कक्षमा उपचार गराइएको थियो । विरामीमा दम, सुगर तथा रक्तचाप सम्बन्धि समस्या रहेको थापाले बताए । अस्पतालमा अहिले अन्य १६ जनाको आसियू कक्षमा उपचार भइरहेको छ भने अधिकांशको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पतालमा रहेकाहरु ४० वर्ष माथीका तथा पुरुषको संख्या बढी रहेको अस्पतालले जनाएको छ । रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
प्रतिक्रिया