ताजा अपडेट »

मलेसियामा हुने क्लब क्रिकेट ट्रफीमा नेपाल पनि खेल्ने

सोमबार, २५ चैत्र २०७५

चैत २५,
काठमाण्डौ । आगामी जुलाईमा मलेसियामा डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी आयोजना हुने भएको छ । जसमा नेपालबाट पनि एक क्लबले सहभागिता जनाउने भएको छ ।

क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट क्लबका बीचमा हुने प्रतियोगितालाई मलेसियन क्रिकेट बोर्डले मान्यता दिएको छ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, पाकिस्तान, भारत, दक्षिण अफ्रिका, श्रीलंका, हङकङ, सिंगापुर र बंगलादेशका क्लबले भाग लिने छन् ।

१२ टिमलाई चार समूहमा विभाजन गरेर टी–२० फरम्याटमा खेलाइने प्रतियोगिताको विजेताले २० हजार रिंगट र उप विजेताले १० हजार रिंगेट पुरस्कार पाउने छन् । नेपालबाट कुन क्लबले सहभागिता जनाउने भन्ने एकिन हुन सकेको छैन ।