ताजा अपडेट »

मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउने

सोमबार, २५ चैत्र २०७५

चैत २५,

काठमाडौँ ।  मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ ।

समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेश गरेको हो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको अध्यक्षतामा बसेको बोर्ड बैठकले फास्ट ट्र्याक प्रणालीबाट मेलम्चीको गतिरोध अन्त्य गर्नुपर्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । -नागरिक