(हिजो भर्खरै एकजना दाजु म सँग आउनुभयो उहाँले विशेष कारणले कम्प्युटरको हार्डडिक्स फर्म्याट गर्नुभएको रहेछ त्यसो गर्दा त्यसमा भएको महत्वपूर्ण फाइल डिलिट हुन पुगेछ त्यसपछि मैले डिलिट भएको फाइललाई प्रोगामहरुको मार्फत रिकोभर गर्न त सकिन्छ तर हार्डडिक्स नै रिकोभर नहुने वा काम नलाग्ने भएर फाल्नुपर्ने भयो भने त्यसमा भएको महत्वपुर्ण फाइलहरु सधैकोलागि हराउन सक्छ उँहाले जति पैसा लाग्छ मेरो फाइल रिकभर गर्दिनु म पैसा दिन्छु भन्दै बिन्ती गर्नुभयो । र अन्त्यमा फाइल रिकभर पनि भयो उहाँका सबै फाइलहरु आए उहाँ खुसि हुनुभयो । त्यसैले हजुरहरुले पनि आफै जान्ने भएर कम्प्युटरलाई Format नहान्नुहोस् आफ्नो महत्वपूर्ण फाइल हराउन सक्छ ।)
सम्पूर्ण कम्प्युटर प्रयोगकर्ताहरुले साना साना कुरामा ख्याल नगर्दा आफ्ना महत्वपूर्ण डाटाहरु (फाइलहरु) गुमाउनु परेको मैले धेरै ठाउँमा देखेको छु । तपाईहरुले प्रयोग गर्ने कम्प्युटरमा हार्डडिक्स ड्राइभमा कम्तिमा २ वटा पाटेशन हुनु आवश्यक छ । किनकी हाम्रो हार्डडिक्सको लोकल डिक्स सि (Local Disk C Drive) मा हामीले अपरेटिङ सिस्टमको सिस्टम फाईल हुन्छ (Local Disk C Drive अन्तर्गत डेक्सटप, डकुमेन्ट डाउनलोड, पिक्चर आदि पर्छन) यस ड्राईभमा हामिले आफ्ना महत्वपूर्ण डाटा तथा फाईल राख्नु हुँदैन किनकी पछि कहिले काँही अपरेटिङ सिस्टममा समस्या आयो भने कम्प्युटरमा पहिलेको अपरेटिङ सिस्टम हटाएर नयाँ अपरेटिङ सिस्टम राख्नुपर्ने हुन्छ त्यो बेला हाम्रो Local Disk C Drive मा राखेको फाइल तथा डाटाहरु डिलिट हुन्छ ।
आफ्नो महत्वपूर्ण फाईल तथा डाटाहरु (Local Disk D Drive) अथवा अरु ड्राइभमा राख्नु पर्छ । लोकल डिक्स सि ड्राइभ (Local Disk C Drive) मा राखेको डाटा ५% मात्र सुरक्षित हुन्छ भने लोकल डिक्स डि अथवा अन्य ड्राइभ (Local Disk D or Other Drive) मा राखेको डाटा ९५% मात्र सुरक्षित हुन्छ । यदि आफ्नो कम्प्युटरमा फाईल तथा डाटाहरु थोरै छन भने हामिले गुगल ड्राइभमा पनि आफ्नो फाइल तथा डाटाहरु राख्न सक्छौ । त्यति मात्र नभइ हजुरहरुले यसको प्रयोग गर्नुभयो भने धेरैजसो अवस्थामा हार्ड ड्राईभ वा पेन ड्राइभ बोकेर हिड्ने झन्झट गर्नु पर्दैन् । इन्टरनेट जोडिएका कम्प्युटर मात्र होइन मोबाईल फोनबाटै चाहेको बेला सामग्री पठाउन, एडिट गर्न, डाउनलोड गर्न र अपलोड गर्न समेत सक्नुहुन्छ ।
कम्प्युटर स्लो भयो ? कम्प्युटरको सुरक्षा कसरी गर्ने ?
चलाईरहेको कम्प्युटरको गती एकाएक कम हुँदै गयो । कम्प्युटरले खरिद गर्दाको समयमा जुन गतीमा काम गथ्र्यो अहिले त्यस्तो अवस्था रहेन । अझ महत्वपुर्ण काम गर्न भनेर बस्यो मिनेटको काम घण्टौसम्म पनी सम्पन्न गरिसकिएन भने त कसको कन्पारो तात्दैनर ? कम्प्युटरको गती राम्रो नहुनुमा विविध पार्टपुर्जा तथा इन्सर्टल गरिएका सफ्टवेयरमा भर पर्छ । जती स्तरिय प्रोग्राम छन् उतीनै राम्रो काम गरिरहेको हुन्छ । तर अर्को विषय जती धेरै राम्रो क्षमताको कम्प्युटर भएपनी निरन्तर लामो समयसम्म काम गरिरहन्छ भन्नेपनी छैन । बिहान कम्युटर खोल्दा जुन गतीमा काम भएको हुन्छ त्यहीँ गती बेलुकासम्म पनी देख्न पाइदैन । अझ कम्प्युटर जती पुरानो हुदै गयो त्यतिनै काम गर्ने गतीमा सुस्तता हुदै गइरहेको हुन्छ ।
धेरैभन्दा धेरै फाईल फोल्डरले भरिभराउ कम्युटरले निकै सुस्त गतीमा काम गर्न थाल्यो भने कम्प्युटर फर्मेट गर्नुपर्छ भन्ने गरेको पनी सुन्न पाइन्छ । फर्मेट लामो समयपछि मात्रै गरिन्छ , पटक पटक फर्मेट गरिदै गइयो भने कम्प्युटरको काम गर्ने क्षमतामा नकरात्मक असर पर्न थाल्छ र चाडै सो कम्प्युटर फोहोरको थुप्रोमा मिल्काउनुपर्ने पनी हुनसक्छ । तर त्यसको ठाउँमा आवश्यक काम गरिसकेपछि कम्प्युटरलाई केहि मिनेटसम्म मात्रैपनी केयर गरियो भने निरन्तर लामो समयसम्म उहि पुरानै गतीमा काम लिन सकिन्छ । विशेषत हरेक दिन हामीले धेरै फाइल तथा फोल्डरहरु खोल्छौ र त्यही रहेर काम गरिरहदा बनेका डुप्लिकेट फाइल तथा फोल्डरहरुले कम्प्युटरको मेमोरीमै आफ्नो स्थान वनाएर वसेका हुन्छन् ।
त्यस्ता अनावश्यक फाइल फोल्डरलाई हटाएर आफ्नो कम्प्युटर चुस्तदुरुस्त वनाउको लागी सवैभन्दा पहिल्य किवोर्डमा “विण्डोज” आइकन र “आर” एकै पटक प्रेस गर्नुस् त्यहाँ रन खुल्नेछ । देखिएको चेकवक्समा recent टाइप गर्नुस र इन्टर प्रेस गर्नुस् । त्यहाँ धेरै फाइलहरु देखिनेछ र त्यसलाई डिलिट गर्नुस् । recent टाइप गरेर त्यस्ता फाइललाई डिलिट गरे जसैगरी क्रमश: %temp% , temp / prefetch बाट पनि अनावश्यक सकंलित त्यस्ता फाइल एवं फोल्डर डिलिट गर्न सकिन्छ । यी र यस्ता प्रकारका फाइल फोल्डर दैनिक जसो हटाउदै गएको खण्डमा कम्युटरले काममा राहत दिनेनै छ ।
नियमित रुपमा काम गर्दै गर्दा अचानक समस्या र गतीमा गिरावट नआओस भन्नको लागी यस्ता सानातिना लाग्ने विषयमा ध्यान दिनुपर्छ भनिएको हो । दैनिक रुपमा कम्प्युटरमा काम गरिसकेपछि सट डाउन गर्नुअघि यस्ता प्रकारका डुप्लिकेट भएर वसेका फाइल, फोल्डरहरु हटाउन नर्विसनुहोला । अर्को महत्वपुर्ण विषय भनेको डिलिट गरिएका सम्पुण फाइल, फोल्डर रिसाइकल विनमा धकेल्नासाथ कम्प्युटरको भारमा कमी हुन्छ भन्ने भ्रममा पनी पर्न हुदैन । रिसाईकल विनलाई नै क्लियर गर्न जरुरी छ ।
१. भाइरस स्क्यान : भाइरसले कम्प्युटरको स्पिड कम गराउँने मात्र होइन, कम्प्युटरमा सुरक्षित राखिएका आवश्यक डकुमेन्टहरु पनि नोक्सान गर्न सक्छन् । तपाईले कम्प्युटर चालु गर्दा भाइरसकै कारण अनावश्यक प्रोगामहरु चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन्छ । यसैले कम्प्युटर बेला बेला भाइरस स्क्यान गर्दा यस्ता अनावश्यक प्रोगामहरु निष्क्रिय हुन्छन् । भाइरसकै कारण कम्प्युटर स्लो भएको रहेछ भने भाइरस स्क्यान गरेपछि कम्प्युटर पहिले भन्दा छिटो चल्छ । यसका लागि विभिन्न एन्टिभाइरस प्रोगामहरु पाइन्छन् । Kaspersky, Quick Heal, eScan
२. स्क्यान डिस्क प्रोगामलाई रन गर्नुहोस् : कम्तिमा महिनाको एक चोटी स्क्यान डिस्क प्रोगामलाई रन गराउँनुहोस् । यसले हार्ड डिस्कमा भएका नचाहिदा फाइलहरु हटाउँछ । हार्ड डिस्कको स्पेस बढ्छ ।
३. टेम्पररी फाइललाई क्लिन गर्नुहोस् : जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसले गर्दा कम्प्युटरको भर्च्युअल मेमोरी भरिन्छ जसको सिधा असर कम्प्युटरको स्पिडमा पर्छ । यसलाई डिलीट गर्न स्टापर्ट बटन मा गएर रन प्यानल मा %temp% लेखि ओके बटन थिच्नुस तपाइको कम्प्युटरमा सेभ भएको सबै टेम्पररी फाइल देखिन्छ । जसलाई सेलेक्ट गरि डिलिट गर्नुस ।
४. रिसाइकल बिन खाली गर्नहोस् र सकेसम्म डेस्कटपलाई क्लिन राख्नुहोस् : डिलिट गरेका फाइलहरु जम्मा भएर रिसाइकल बिनले पनि कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । यसैले बेला बेला रिसाइकल बिन खाली गर्नुहोस् । कम्प्युटरको डेस्कटप अपरेटिङ सिस्टम भएकै ड्राइभमा हुन्छ । डेस्कटपमा बढी फाइलहरु राख्नाले हार्ड डिस्कमा स्पेस भरिन थाल्छ । यसैले डेस्कटपमा भएका कुरालाई कम्प्युटरका अन्य ड्राइभमा सार्नुहोस् ।
५. नचाहिने सफ्टवेयर तथा प्रोगामहरुलाई हटाउँनुहोस् ।
६. तपाईको कम्प्युटरको माइक्रोसफ्ट वर्ड, एक्सल आदि प्रोगामहरु ढिलो खुल्छन् ? फन्टको कारणले हुन सक्छ । नचाहिने फन्टहरु हटाईदिनुहोस् ।
इन्टरनेट जोडिएको कम्प्युटरको गती अझ अरु कम्प्युटरभन्दा चाडै सुस्त हुने गर्दछ । इन्टरनेटवाट भाइरस तथा अनावश्यक सफट्वेयर डाउनलोडले गर्दापनी प्रोसेसरमा प्रभाव भइरहेको हुने हुदा कुन कुन अनलाइन साइट खोल्न आवश्यक छ र थोरैभन्दा थोरै के कती सफटवेयर प्रयोग गर्न सकिन्छ त्यसतर्फपनी ध्यान दिन सकेको खण्डमा आफुले चलाउदै आइरहेको कम्प्युटरलाई भार तथा चाप कम हुन जान्छ भने हामीले पनी कम्प्युटर केयर गरिएको ठहरिन्छ ।
प्रतिक्रिया