काठमाडौँ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयलर्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगाशालामा ७:४५ बजे सुरु हुनेछ ।
पछिल्लो दुई खेलमा जित निकालेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा राजस्थानलाई पराजित गर्दै दिल्ली पुन: तालिकाको शिर्षस्थानमा उक्लने दाउमा छ । यता, राजस्थान भने पछिल्ला तिन खेलमा पराजित भएको छ । आजको खेलमा दिल्लीलाई पराजित गर्दै लय सम्हाल्नेतर्फ राजस्थान केन्द्रित छ । राजस्थान ५ खेलमा चार अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया