चैत २४,
काठमाडौँ । भारतमा आईपीएल खेलिरहेका नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा ५० विकेट लिएका छन् । आइतवार रोएल च्यालेन्जर्स बैगलोरबिरुद्ध एक विकेट लिएपछि सन्दीपको विकेट संख्या ५० पुगेको हो । रोएल च्यालेन्जर्स बैगलोर विरुद्धको खेलमा महंगो सावित भएपनि सन्दीपले एक विकेट लिएका थिए । यही एक बिकेट उनलका लागि सम्झना लायक बनेको छ ।
अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको धेरै भएको छैन । गतबर्ष मात्र आइपीएलबाट डेब्यू गरेका सन्दीपले छोटो समयमा ५० विकेट आफ्नो खातामा पारेका छन् । आइतवार बैगलोर विरुद्धको ४ ओभर खेलमा १ विकेट लिएर ४६ रन दिएका छन् । आइपीएलमा उनले दिएको अहिलेसम्मकै बढि स्कोर हो । अघिल्लो बर्ष पाँच बिकेट लिएका सन्दीपले यो बर्ष पनि आइपीएलमा ५ विकेट लिइसकेका छन् ।
सन् २०१६ मा पहिलो पटक टी–२० खेल खेलेका थिए । हङकङबिरुद्धको खेलमा उनले प्रतियोगिताभरी २ बिकेट लिएका थिए । राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय खेलमा धेरै विकेट नलिएपनि गत सिजको आइपीएलदेखि टी २० फ्रेन्चाइज्ड लिगमा धेरै विकेट लिएका थिए । बिग बास, बंगलादेश र पाकिस्तान सुपर लिगमा खेलेका सन्दीपले आइपीएलमै आएर ५० विकेट पुरा गरेका हुन् । नेपाली राष्ट्रिय टोलीबाट भने उनले ५ बिकेट मात्र लिएका छन् ।
दुई सिजनको आइपीएलमा सन्दीपले १० विकेट लिएका छन् भने विग बास र पाकिस्तान सुपर लिगमा २२ विकेट लिएका छन् । दुवै लिगमा उनले ११, ११ विकेट लिएका थिए । क्यारेवियन सुपर लिगमा ७ र बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिए। उनले ४० खेलमा ५० बिकेट लिएका छन् ।
प्रतिक्रिया