ताजा अपडेट »

कोरोना र पर्यटन उद्योगमा यसको असर

बुधबार, २१ असोज २०७७

सन् २०१९ को अन्तिम साता चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोभिड-२०१९ ले आज विश्वका २१० राष्ट्र तथा २ वटा अन्तराष्ट्रिय पानी जहाजमा तीन करोड ३६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । यसैगरी यस रोगबाट अहिलेसम्म दश लाख सात हजार भन्दा धेरै मानिसले ज्यान गुमाई सकेका छन् । नेपालमा यस रोगबाट ७६ हजार भन्दा बढी मानिसहरु पीडित बनिसकेका छन्। विश्वभर माहामारीका रुपमा फैलिएको यस रोगलाई विश्व स्वास्थ्य संगठनले मानव जातीको अस्तित्व कायम राख्ने लडाइँका रुपमा परिभाषित गरेको छ । त्यसैगरि संयुक्त राष्ट्र संघले आफ्नो स्थापना पछिको महासंकटका रुपमा लिएको र यसका विरुद्धमा थुप्रै अनुसन्धान गरिएको बताएको छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा तिव्र गतिमा फैलिएको यस रोगबाट वर्तमान समयमा नेपाल पनि पिडित भएको छ । नेपालमा अहिले सम्म यस रोगबाट ४०० जनाले ज्यान गुमाएका छन् । नेपालमा यो रोग-२०२० जनवरीमा एक जनामा देखिएको थियो । नेपाल सरकारले देशमा यस रोगका कारणले गर्दा विकारल परिस्थितिको सिर्जना नहोस् भनेर २०७६/१२/११ बाट देशभर लकडाउनको घोषणा गरेको छ । यसले गर्दा नेपाली अर्थतन्त्रमा दैनिक २ अर्ब भन्दा बढिको आर्थिक क्षति भईरहेको छ । विशेषगरि नेपाली पर्यटन उद्योगमा कोरोना अर्थात् कोभिड १९ को प्रभाव के कस्तो रुपमा देखा पर्ने छ भन्ने बारेमा यस आलेखमा विश्लेषण गरिनेछ ।

नेपाल एक विकासोन्मुख, मिश्रित अर्थव्यवस्था अपनाएको देश हो । जहाँका अधिकांश जनता कृषिमा निर्भर छन् भने वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको विदेशी विनिमय प्राप्त गर्ने प्रमुख स्रोत हो । नेपाली अर्थतन्त्रका समष्टिगत आर्थिक सुचकको अवस्था वि.स. २०७२ सालको महाभूकम्प पछि विस्तारै सुधारजनक रुपमा देखिन थालेको परिस्थितिमा यस कोभिड १९ को कारणले आगामी केही वर्ष नकरात्मक रुपमा आउने कुरामा कुनै विवाद छैन् । चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैँयासम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ ।

लाखौको संख्यामा वैदेशिक पर्यटकका यात्रा स्थगित भएका छन्। सयौँ संख्यामा हिमाल आरोहीका टिकट स्थगित भएका छन् । जसको असर नेपाली पर्यटन क्षेत्रले नकारात्मक रुपले व्यहोरी रहेको छ । नेपाली अर्थतन्त्रले व्यहोर्ने कुल क्षतिको ५४ प्रतिशत क्षती यस क्षेत्रले व्यहोर्ने कुरालाई एडिबिको प्रक्षेपणले बताइसकेको छ ।

आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिममा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असर लगाएतका कारण विश्वका अन्य मुलुकसगैँ नेपाल पनि प्रभावित हुने एडिविको अध्ययनले देखाएको छ । कोरोनाको असर कस्तो हुन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था नभए पनि एसियाली विकास बैंकले विभिन्न आकलन गरेको छ । कोरोना भाइरसको प्रभाव खराब हुदाँ नेपालको कुल ग्राहस्र्थ उत्पादनको शून्य दशमलव १३ प्रतिशत अथार्त तीन करोड ३० लाख अमेरिकी डलर क्षती हुने विश्लेषण एडिबिले गरेको छ । प्रकोप अनियन्त्रित भयो भने नेपाली अर्थतन्त्रको कुल ग्राहस्र्थ उत्पादनमा १.११ प्रतिशच अथार्त ३७ अर्ब रुपैँया बरावरको क्षती हुने अनुमान रहेको छ।

पर्यटन शब्दको उत्पती फ्रेन्च शब्दबाट भएको मानिन्छ । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सिमाना भित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ । नेपालका प्राय प्रत्येक ग्रामिण वस्तीहरु कला, भाषा, संस्कृती, भेषभूषमा अनेकता भएको कारणले गर्दा यहाँको ग्रामिण क्षेत्र पर्यटन उद्योगको विकासका माध्यबाट आर्थिक क्रान्ती गर्नेमा कुनै शड्ढा छैन।

नेपाली अर्थतन्त्रको लागि आवश्यक पर्ने विदेशी विनिमय संकल गर्ने भरपर्दो माध्यम पछिल्लो समयमा पर्यटन उद्योग बनिरहेको थियो । साथै यस क्षेत्रले आन्तरीक रुपमा कायम रहेको बेरोजगारी समस्यालाई पनि समाधान गर्ने विकल्पको रुपमा आफूलाई स्थापित गर्दै थियो । यद्दपि विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को कारणले गर्दा त्यो सम्भावना केही समयको लागि स्थगित भएको छ । यस क्षेत्रमा आश्रित ५८० हजार भन्दा बढी नेपालीहरु बेरोजगार बनि रहेका छन् । लाखौको संख्यामा वैदेशिक पर्यटकका यात्रा स्थगित भएका छन्। सयौँ संख्यामा हिमाल आरोहीका टिकट स्थगित भएका छन् । जसको असर नेपाली पर्यटन क्षेत्रले नकारात्मक रुपले व्यहोरी रहेको छ । नेपाली अर्थतन्त्रले व्यहोर्ने कुल क्षतिको ५४ प्रतिशत क्षती यस क्षेत्रले व्यहोर्ने कुरालाई एडिबिको प्रक्षेपणले बताइसकेको छ ।

सन् २०१८ र २०१९ मा क्रमश : ११ लाख ७३ हजार, ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० को सुरुवातमै कोभिड १९ विश्वभर महामारीका रुपमा फैलिएका कारणले नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गरिएको तथ्यबाटै नै यस क्षेत्रमा परेको असरका बारेमा स्पष्ट बुझ्न सकिन्छ । पर्यटन उद्योग सेवामुलक उद्योग भएका कारणले गर्दा यसले अर्थतन्त्रमा भएका अन्य उद्योगको विकासमा पनि सकारात्मक प्रभाव पारिरहेको हुन्छ । यसका माध्यबाट घरेलु तथा साना उद्योगहरुको उत्पादनले सहज रुपमा बजार पाएको हुन्छ । यद्धपी वर्तमान समयमा पर्यटन उद्योगमा परेको असरले गर्दा साना तथा मझौला उद्योग पनि बन्द अवस्थामा रहेका छन् । कोभिड १९ को प्रभाव पर्यटन उद्योगमा चक्रिय रुपमा पर्ने देखिन्छ ।

माथिको चक्रबाट नै पर्यटन क्षेत्रमा परेको असरका कारणले देशको आर्थिक विकासको यात्रा के कसरी प्रभावित हुन्छ भन्ने कुराको स्पष्ट संकेत प्राप्त हुन्छ । कोभिड१९ का कारणले नेपाली अर्थतन्त्रका विविध गतिविधीहरु बन्द अवस्था रहेका कारणले गर्दा यसका सआयक क्षेत्रहरुमा पनि रोजगारीका अवसरहरु क्रमश : घट्दै गएका छन् । जसको सिधा प्रभाव देशको पुजीँ निमार्णको दरमा पर्नेछ । पर्यटन व्यवसाय र यसमा आश्रित घर परिवारको आर्थिक अवस्था निकै कष्टकर बनेको छ ।

पर्यटन व्यवसायमा अल्पकालिन तथा दीर्घकालिन दुवै प्रकारका प्रभावहरु देखिनेछन् । अल्पकालिन प्रभावहरुमा रोजगारीको कटौती, पर्यटकको आवागमन बन्द, हवाई यातायात बन्द देखिएका भएता पनि दीर्घकालिन रुपमा यसको प्रभाव आम्दानी, रोजगारी, गरिबी, अशिक्षा, आय असमाता लगायतका पक्षमा देखा परि सम्रग आर्थिक विकासको यात्रा नै केही वर्ष पछाडि धकिलिने छ । भ्रमण वर्ष-२०२० लाई लक्ष्ति गरेर यस क्षेत्रमा गरिएको लगानी अहिले जीवन मरणको दोसाँधमा परेको छ । यस क्षेत्रमा निजी क्षेत्रबाट गरिएको लगानी सुरक्षित बनाउनको लागि पछिल्लो समयको सरकारको बजेटले पनि ठोस कार्यायोजना सहित समेट्न सकेको छैन ।

पर्यटन प्राचीनकाल देखिनै मानवको लोकप्रिय विषयको रुपमा रहेको छ । मानिस सभ्यताको सुरुवात देखिनै टाढाटाढासम्म यात्रा गर्दै आइरहेको छ । प्राचिनकालमा सबैभन्दा पहिले भ्रमणको लागि निक्लने यात्रीहरुमा फेनोसियनहरुको नाम लिन सकिन्छ । विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटका रुपमा परिभाषित गरिएको पाईन्छ । विश्व पर्यटनका क्षेत्रमा अठारौँ शताब्दीलाई पर्यटनको सुनौलो युग मानिन्छ । विशेषगरी सन् १९४३ देखी सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ ।

चिनियाँ नागरिकहरुले भारतमा आफ्ना उत्पादनहरु बिक्री गर्न नेपालको बाटो भएर भारत जाने कुरा गरेका छन जसले नेपालको पर्यटन क्षेत्र तत्कालिन समय देखी चलेको भए पनि प्रयाप्त विकास नभएको र त्यसमा पनि ग्रामिण पर्यटनले त कुनै पनि नीतिगत तथा कार्यगत प्रक्रियामा प्राथमिकता नपाएको महशुस गराउँछ तर आज समय फेरिएको छ जसले गर्दा ग्रामिण पर्यटनले प्राथमिकता पाउँदै गएको छ र त देशका थुप्रै ठाउँमा नमुना ग्रामिण बस्तीँ निर्माण तथा सञ्चालन भएका छन

नेपालमा पर्यटन प्राचिनकालमा व्यापारीक उद्देश्यले हुने कुरालाई कौटिल्य अर्थशास्त्रमा समेत उल्लेख गरिएको छ, चिनियाँ नागरिकहरुले भारतमा आफ्ना उत्पादनहरु बिक्री गर्न नेपालको बाटो भएर भारत जाने कुरा गरेका छन जसले नेपालको पर्यटन क्षेत्र तत्कालिन समय देखी चलेको भए पनि प्रयाप्त विकास नभएको र त्यसमा पनि ग्रामिण पर्यटनले त कुनै पनि नीतिगत तथा कार्यगत प्रक्रियामा प्राथमिकता नपाएको महशुस गराउँछ तर आज समय फेरिएको छ जसले गर्दा ग्रामिण पर्यटनले प्राथमिकता पाउँदै गएको छ र त देशका थुप्रै ठाउँमा नमुना ग्रामिण बस्तीँ निर्माण तथा सञ्चालन भएका छन जुन सकारात्मक कार्य हो नेपालको ग्रामिण गरिबी निवारणका लागी र देशको अर्थतन्त्रका लागी जतिबेला नेपाली अर्थतन्त्रमा ग्रामिण पर्यटनलाई बढवा दिने योजना बनाईएको थियो बिडम्वना तत्कालिन समयमा नै देशमा राजनैतिक अस्थिरता उत्पन्न भयो जसलेगर्दा यसमा सोचेँअनुसारको उपलब्धी नभएको पक्कै पनि हो ।

नेपाल आफै ग्रामिण बस्ती मिलेर बनेको मुलुक भएकाले यहाँको आर्थिक विकासको सशक्त माध्य भनेको नै पर्यटन हो भन्नेमा दुईमत छैन । नेपालमा गगनचुम्बी चुचुराहरु, साँस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरुबाट बढ्दो मात्रामा पर्यटकहरु आर्कषित तवरले आउने गर्दछन । नेपालको ग्रामिण क्षेत्रमा नै विश्वको सर्वाेच्च शिखर सगरमाथा देखी सन् २०१६ का लागी उत्कृष्ट प्रमुख गन्तव्य पनि ग्रामिण क्षेत्रमै पर्दछ । नेपालमा आउने पर्यटकहरु विशेषत हिमशिखरको आरोहण गर्न, मानसिक शान्ति प्राप्त गर्न, विश्व शान्तिका अग्रदूत गौतम् बुद्दको जन्म्स्थल अवलोकन गर्न, एकसिङ्गे गैडाको बारेमा अध्ययन गर्न तथा यहाका विभिन्न कला संस्कृती, धार्मिक सास्कृतिक स्थलका बारेमा बुझ्न, जैविक विविभताको बारेमा अध्ययन गर्न, जातजातीका बारेमा अध्ययन अनुसन्धानका लागी मुख्य रुपमा आउने गर्दछन् ।

अन्त्यमा सरकारले कोभिड-१९ का कारणले थला परेको यस क्षेत्रलाई पुन : जीवन प्रदान गर्नका लागी विशेष आर्थिक कार्यक्रम ल्याउन जरुरी छ । सरकारले यस क्षेत्रलाई कर आम्दानी क्षेत्रका रुपमा परिभाषित नगरेर विशेष परिस्थितीमा राहतका कार्यक्रम दिन चुक्नु हँुदैनथ्यो ।