ताजा अपडेट »

नेदरल्याण्डसलाई मेक्सिकोको चुनौती

बुधबार, २१ असोज २०७७

काठमाडौँ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज बुधबार नेदरल्याण्डस् र मेक्सिकोबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार राति १२:३० बजे आस्र्टड्रम एरेनामा हुँदैछ ।

नेदरल्याण्डसले नेसन्स लिगलाई केन्द्रित गरेर उत्तर अमेरिकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेदरल्याण्डस् नयाँ प्रशिक्षकको नेतृत्वमा मैदान उत्रिन लागेको हो । रोनाल्ड कोइमनले बार्सिलोनाको नेतृत्व सम्हालेसँगै मूख्य प्रशिक्षकमा फ्रान्क डी बोयर नियुक्त भएका थिए । उनको यो पहिलो खेल हो । नेसन्स लिगमा नेदरल्याण्डस् एक खेलमा जित र एकमा हार व्यहोर्दै समूह ए को दोस्रो स्थानमा रहेको छ । आउने आइतबार नेदरल्याण्डले बोस्निया हर्ज गोभिनासँग प्रतिस्पर्धा गर्दैछ ।

यता, मेक्सिको भने कोपा अमेरिका स्थगित रहेको अवस्थामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेदरल्याण्डस् आफ्नो पछिल्लो ६ खेलमा चारमा जित, दुईमा बराबरी र एकमा हार व्यहोरेको छ । मेक्सिको भने पछिल्ला ६ खेलमा सबैमा अपराजित छ ।