ताजा अपडेट »

आईपीएलः आज सन्दीपको दिल्ली र बैंगलोरबीच प्रतिस्पर्धा

आइतबार, २४ चैत्र २०७५

चैत २४,

काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल) मा आज नेपाली खेलाडी सन्दीप लामिछाने संलग्न टीम दिल्ली क्यापिटले प्रतिस्पर्धा गर्दैछ । दिल्लीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आवद्ध रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछ ।

४ अंकसहित तालिकाको छैठौं स्थानमा रहेको दिल्लीले अंकविहीन रहेको बैंगलोरसँग प्रतिस्पर्धा गर्न लागेको हो । जारी प्रतियोगितामा दिल्लीले खेलेका ५ खेल मध्ये २ मा जित र ३ मा हार व्यहोरेको छ । बैंगलोरले अहिलेसम्म एउटा पनि जति दर्ता गराउन सकेको छैन् ।  बैंग्लोरलाई पराजित गरे दिल्ली लिगको दोस्रो स्थानसम्म उक्लिन सक्छ ।

दिल्ली र बैंगलोरबीचको खेल नेपाली समयअनुसार आज बेलुका सवा ४ बजे एम चिन्नास्वामी स्टेडियम बैंगलोरमा हुनेछ । सनराईर्जस हैदरावादसँगको खेलमा सन्दीपले उत्कृष्ठ प्रदर्शन गर्न नसकेपछि आज उनले खेल्न पाउछ कि पाउँदैनन् भन्ने टुंगो लागेको छैन् ।

त्यस्तै आजै अर्को खेल राजस्थान रोयल्स र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ। उनीहरुबीचको खेल राति सवा आठ बजेदेखि सवाई मानसिंह स्टेडियम जयपुरमा हुनेछ । अंक तालिकाको तेस्रो नम्बरमा रहेको कोलकता नाइटराइडर्सले अंक तालिकाको सातौं नम्बरमा रहेको राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।