बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित कोरोधाना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
मृतकहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो । १६ गते संक्रमण पुष्टि भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको मंगलबार राती १२ः५० बजे मृत्यु भएको हो भने असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको हो ।
प्रतिक्रिया