बुटवल । आज दिउँसो केहि बेर अघिसम्म प्रदेश ५ प्रदेश सभाको मतदानको परिणाम पछि लुम्विनी प्रदेश बन्न पुगेको छ । त्यस्तै बुटवलको अस्थाई राजधानीबाट दाङ्गको देउखुरीमा स्थाई राजधानी कायम हुन पुगेको छ ।
प्रदेश सरकारद्धारा प्रस्ताव गरिरहेको बेला दाङ्ग देउखुरी जंगलको काँखमा ऐलानी जमिनमा सार्न थालेको भन्दै आलोचनाहरु पनिन भए । तर, पछाडी परेको,भूमि देउखुरीले राजधानी पाएपछि अहिलेको बुटवल नगरी झैं त्यस देउखुरी उपत्यकाले पनि छिट्टै फड्को मार्ने र त्यहाँका सधै जसो निमेक मजदुरी गरेर जिविका गर्दै आएका थारु, अन्य जनजाती लगाएत पछाडि परेका वर्गको आर्थिक समृद्धि पनि हुने निश्चित छ ।
पहिला बुटवलको पनि इतिहास फर्केर हेरौं
२०२४ साल सम्म बटौली खस्यौलीका नामले परिचित अहिलेको बुटवल नगरी स्याल भुक्ने झाडी र जंगलनै जंगलले भरिएको देख्ने भोग्ने बुढापाका अझै छन् । हाट बजारको सुरुवाती क्षणमा खस्यौलीका दुई दिन जना नेवार समुदायले मात्र त्यहाँ कपडा र किराना सामनको ब्यापार गर्ने गरेको बु्ढापाका बताउँछन् । २०२४ साल पछि मात्र पाहाडी जिल्ला गुल्मी , अर्घाखाँची , पाल्पा लगाएतका स्थानबाट पनि त्यहाँ अन्य समुदायका मानिसहरु ब्यापार ब्यवसाय गर्न पुगेका थिए ।
२०२४ साल कार्तिक २४ गतेका दिन अघाँखाँचीबाट चिन्तामािण भुसाल खस्यौलीमा किराना पसल खोल्न सुरु गरेका थिए । उनको धेरै पहिले नै मृत्यु भई सक्यो । गुल्मीको सदरमुकाम तम्घासमा रहेका भुसालको जेठा छोरा ७१ बर्षीय नन्दराम भु्सालले त्यति बेलाको खस्यौली र बटौलीको एलानी बनझाडी रहेको बताउँछन ।
सविस्तार भुसाल यसरी सुनाउँछन्
तम्घासमा पनि हाम्रो किराना पसल थियो । बुवा त्यस वर्षको मंसिर महिनादेखि खसौलीमा पसल खोल्न थाल्नु भए पनि पनि म त्यही बर्षको कार्तिकमा बु्टवल गएको थिएँ । वारी बटौलीमा खासै दोकानहरु थिएनन् । कतिपयले भर्खर घटेरी खन्दै थिए । पारि खस्यौलीमा ठुला ब्यापारि भनेका सोनुकाजी श्रेष्ठ, मेघप्रसाद श्रेष्ठ, र गिरिधर श्रेष्ठ थिए । उनीहरु एकै परिवारका दाजु भाईहरु थिए ।
उनीहरु मध्ये कसैले कपडा र कसैले गल्ला पसल राखेका थिए । सबै गरेर करिव सय वटा घरहरु हुँदा हुन खस्यौलीमा बाटो पिच थिएन । पसल अगाडि ढुङ्गा बिच्याइएको थियो । वारी बटौलीबाट झोलुङ्ग पुल तरेर पारी खस्यौली गइन्थ्यो । तम्घासबाट भरियाहरु लिएर हामी वलकोट पटौती पाल्पाको दोभान हुँदै हिडेर तिन दिनमा पुगेका थियौं । त्यहाँ पुगेर हामी दोश्रो दिन भारि हालेर फर्कियौं । जाँदा तीन दिन फर्किदा चार दिन सहित सात दिनको बाटो थियो ।
बटौलीबाट पुल तरेपछि अलिे दोभानको प्रहरी चौकी पछाडी झोलुङ्गेपु्ल थियो । हामीले त्यसलाई सिस्नेको पुल भन्थ्यौं । त्यही तरेर उकालो लाग्ने गर्दथ्यौं । भरियाहरुसंगै मैले पनि भारी बोक्ने गरेको थिएँ चार पाँच बर्ष सम्म । त्यति बेला बटौली खडस्यौली सहित रुपन्देहीका अधिकांश जमिनहरु ऐलानी थिए । मानिसहरुले त्यति बेला त्यही जमिनलाई डेढदेखि दुई रुपैयासम्म तिरो तिरेर भोग चलन गर्दै थिए ।
राजा महेन्द्र बाग्लुङ्ग, गुल्मी अर्घाखाँची हुँदै बटौली खस्यौलीको भ्रमण गर्न २०१६ सालमा पुगेका थिए । हालको रुपन्देहीको बजारकरण गर्न र अहिले घना बस्तीमा परिणत गर्न उनको ठुलो देन छ । मला्रई लाग्छ २०१० सालदेखि नै भारतिय सेनाबाट पेन्सन निक्लेकाहरुलाई राजा महेन्द्रले त्यही राख्न थाले पछि अहिलेको भैरहवा र बुटवल नगरि बनेको हो ।
त्यति बेला भर्खर अञ्चालाधिशको कार्यालय पनि बसेको थियो । त्यहाँ अ अञ्चालाधिश बस्दा गुल्मी जिल्लामा पहिलो सहायक अञ्चालाधिश लभविक्रम शाह आएका थिए । त्यस अघि गुल्मीमा पहिलो बडाहाकिम चन्द्रमान थकाली थिए । यसरी एक समयको त्यही झाडी जंगल र ऐलिानी जमिनमा बसेको लुम्विनी अञ्चल कार्यालय हालको बुटवल नगरिको भुमि अहिले सुन चाँदी भन्दा महँगो भयो भने अब देउखुरी पनि भोलीका दिनमा किन त्यस्तै बन्ने ?
‘राजधानी भर्खरै बसेपनि बुटवलमा भन्दा कम बनाउँदैनौं’
लमही नगरपालिकाका मेयर कुलबहादुर केसी भन्छन्–‘ देउखुरी उपत्यकालाई वन झाडी , ऐलानी भनेर जसरी एकथरीले प्रचार गरिरहेका छन् त्यो गलत हो । तत्कालै प्रदेश सरकार यता सरेपनि हामीले बुटवलको संरचना भन्दा कम ठाउँमा राख्ने छैनौं । भलै प्रदेश सरकारले नै निर्माण गर्न केहि वर्ष ढिला होला हामी यहाँका पालिकाहरुले निर्माण गरेका भवनहरुमा प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरु राख्ने छौं ।
‘राजमार्गले छोएको छ । भित्रि सडक सन्जाल पनि प्रशस्त छन् । लमही भित्रै ७० विघा ऐलानी जमिन छ । राप्ती गाउँपालिकामा पनि त्यति नै क्षेत्रफलको जमिन छ । गढवा गाउँपालिकामा पनि प्रशस्त ऐलानी जमिन छ । हामी तीनवटा पालिकाले संरचना नपुग्ने बेलासम्म बुटवलका भन्दा आलिशान र सुविधा सम्पन्न भवनमा प्रदेश सरकारलाई राख्न सक्छौं ।’ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भने । गढवा गाउँपालिका अथ्यक्ष सहजराम यादवले पनि प्रदेश सरकारलाई कुनै कुराको कमी हुन नदिने उद्घोष गरेका छन् ।
देउखुरीको संक्षिप्त परिचय
दाङ्गको लमहीबाट प्रकाशित देउखुरी साप्ताहिकको सहप्रकाशन साझा धरातल मासिकमा त्यस क्षेत्रका लेखक लमही ३ बनगाउँका नीमबहादु रथापाले देउखुरीको पर्यटकीय सम्भावना बारे लेख प्रकाशित गर्नु भएकोछ । त्यही श्रोतका अनुसार देउखुरी प्राकृतिक रुपमा अत्यन्त सुन्दर उपत्यका हो । यस्ता स्रोत साधनले भरिपूर्ण उपत्यकाहरु बिरलै पाउन सकिन्छ । यहाँ पौराणिक महत्व राख्ने साँस्कृतिक धरोहरहरु प्रशस्तै छन् ।
यस्ता प्राकृतिक महत्व राख्ने र साँस्कृतिक रुपमा सम्पन्न यो उपत्यकालाई नेपालकै सुन्दर उपत्यका बनाउन सक्ने प्रचूर सम्भावनाहरु रहेका छन् । समथर मैदानको बीचैमा निर्मल पानी बग्ने राप्ती नदी, ओरालोदेखि उँचोसमेत रहेको सुन्दर प्रकृति, कहीं पनि बिकट् नमानिने यस उपत्यकामा खाद्यान्न, जडिबुटी, बनस्पति र अन्य कृषि तथा औद्योगिक जन्य बस्तुको भण्डार नै छन् ।
विश्वमान चित्रमा यो उपत्यका ८२ डिग्री २ मिनेटदेखि ८२ डिग्री ३५ मिनेट पूर्वि देशान्तर र २७ डिग्री ३६ मिनेटदेखि २८ डिग्री १५ मिनेटसम्म उत्तरी आक्षांशको बीचमा रहेको छ देउखुरी । धान खोलादेखि शिवखोलासम्म राजमार्ग ७७ कि.मि र नाका क्षेत्र सुराही–चिराही दोभानदेखि खिर्किया नाकासम्म ९० कि.मि र उत्तर–दक्षिण सरदर ४० कि मि. रहेको छ ।
जनगणना २०६८का अनुसार देउखुरीको जनसंख्या १ लाख ५० हजार ३ सय ४३ छ । देउखुरी स्रोत साधनले मात्र सम्पन्न छैन, यहाँका प्राकृतिक एवम साँस्कृतिक महत्वका स्थलहरुलाई पर्यटकीय रुपमा बिकास गर्न सक्ने सम्भावनाहरु प्रशस्त छ । यति भएर पनि यहाँका युवा जनशक्ति करिब २० हजार जति बैदेशिक रोजगारीमा जान बाध्य रहेका छन् ।
विगतमा ११ गाउँ विकास समितिको रुपमा जनतासंग सरोकार राख्ने निकायहरु थिए । हाल चारवटा स्थानीय तह(सरकार)को हैसियतले गतिविधि अगाडि बढीरहेका छन् । राप्तीको उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका रहेका छन् भने दक्षिणमा गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले सथानीय सरकारको कामकाज चलाइरहेका छन् । यसको क्षेत्रफल १ लाख ३२ हजार ९ सय ७५ हेक्टर छ ।
यसमध्ये उब्जनी क्षेत्र २४५ अर्थात् करिब ३१ हजार ९ सय १४ हेक्टर मात्र रहेको छभने, त्यसको करिब ३७५ अर्थात् ११ हजार ९ सय ६८ हेक्टर खेतियोग्य जमिन राप्ती नदी र अन्य खहरेखोलाको कटानबाट श्वेत बगरमा परिणत भएको पाइन्छ ।
राप्ती नदीलाई आफ्नो बाटो बग्न मात्र ३ हजार हेक्टर जमिन भए पुग्ने अनुमान गरिएको छ । यदि देउखुरीको भालुवाङदेखि अमिलियासम्म राप्ती नदीलाई बग्न आवश्यक पर्ने मार्ग छुट्टाई दुबैतिर तटबन्ध गर्न सकियो भने, झण्डै ९ हजार हेक्टर जमिनलाई खेतीयोग्य बनाउन सकिन्छ । पछिल्लो समय बसाई–सराईको दर बढे तापनि देउखुरीमा आदिबासी थारु जातिको बाहुल्यता कायमै रहेको छ ।
प्रतिक्रिया