चैत २३,
ग्लोबल आवाज
बुटवल । नेपाल वैक लिमिटेडको बुटवल खस्यौली शाखा प्रवन्धक कल्पना ढकालले यहाँका नागरिक, उद्योगी व्यवसायीहरुसंग सहकार्य गरी आर्थिक समृद्धिको लागि सहकार्य गर्ने बताएकी छन् ।शनिवार बुटवलमा आयोजित रोटरी क्लब अफ बुटवलको १२५४ औ नियमित वैठकमा प्रमुख वक्ताको रुपमा उपस्थित उनले वैकको अधिकतम कर्जामा व्याजदर ९ प्रतिशत रहेको र कृषिको लागि ५ प्रतिशत मै ब्याज पाइने बताइन् ।
हालै मात्र वुटवल सरुवा भई आएकी उनि बुटवल खस्यौली शाखाकी पहिलो महिला प्रबन्धक हुन् । कार्यक्रममा नेपाल वैक लिमिटेडका शाखा प्रवन्धक हरि प्रसाद ज्ञवालीले ८१ वर्ष पुरानो वैक नागरिकहरुको मनमा वस्न सफल भएकै कारण सफलता हासिल भएको बताए । रोटरी क्लब अफ बुटवलका अध्यक्ष डा नारायण प्रसाद पन्थले बैकिङ क्षेत्र अन्य क्षेत्रमा महिलाहरुको नेतृत्व पाउनु सवैको लागि खुसीको कुरा भएको बताए ।
कार्यक्रममा क्लबका पूूर्व अध्यक्षहरु विन्दकेशर जोशी, आमोद सिमंगैडा, महेन्द्र श्रेष्ठ, रोटरीयनहरु सोनाली गुरुङ, वोनिन पिया, थानेश्वर पौडेल, यादव घिमिरे, जुना कुंवर, लेखनाथ भूसाल, नविन विष्ट मणिरत्न पाण्डे लगायतले बोलेका थिए ।
प्रतिक्रिया