भैरहवा । पछिल्लो समय भैरहवा तथा आसपासमा साइकल यात्रीहरुको संख्या बढ्दै गएको छ । स्थानिय स्तरमा रहेका पर्यटकीय सम्पदाहरुको प्रवद्र्धन र प्रचारप्रसारमा पनि साईकल यात्रीहरु सक्रिय हुँदै गएका छन् । विश्व पर्यटन दिवसको अवसरमा भैरहवा देखी लुम्बिनी सम्मको साईकल यात्रा गरेका साईकल यात्रीले शनिबार भैरहवा देखी त्रिवेणी धाम सम्मको यात्रा सम्पन्न गरेका छन् ।
साईकललाई पनि पर्यटन संग जोडिन सक्ने यसको प्रयोगले विदेशी पर्यटकको बसाई लम्ब्याउने सम्भावना देखेको भैरहवाका साइकल यात्रीहरु अहिले साईकलकै माध्यमबाट बिभिन्न पर्यटकीय स्थल एवम सम्पदाहरुको प्रचारप्रसारमा जुटेका हुन् ।
शनिबार पनि भैरहवाको बुद्धचोकबाट सुरु गरिएको साईकल यात्रा नवलपरासीको रामग्राम स्तुपा हुदै त्रिवेणीधामको गजेन्द्रमोक्ष धाम सम्म करिब ७० किलोमिटरको यात्रा तय गरेको छ । भुमहि, बर्दघाट हुदै त्रिवेणी पुगेको साइकल यात्रामा १ सय ५० जना भन्दा बढी यात्रु सहभागी रहेको जेसीआई सिद्धार्थका अध्यक्ष मंगल भण्डारीले जानकारी दिए ।
नेपालमा रहेको पर्यटकिय स्थल एवम सम्पदाहरुको चिनाउने विभिन्न माध्यम मध्ये साईकल यात्रा पनि महत्वपूर्ण माध्यम रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताको भनाई छ । उनले सम्पदाहरुको बिकासको लागी पैसा नै सबै थोक नभई ईमान्दारी र निष्ठापूर्वक काम गरि दिए पुग्ने जिकिर गरे ।
यस्तै प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले लुम्बिनी र यस संग सम्बन्धित अन्य बृहत क्षेत्रको अवलोकन गर्न आउने बिदेशी पाहुनाहरुलाई पनि साईकलमा घुमाउन सक्ने यहा पर्यटकको बसाई लम्बिनुको साथै सम्पदाहरुको प्रचार प्रसारमा पनि टेवा पुग्ने बताए ।
साईकल यात्राले आन्तरिक पर्यटनलाई टेवा पु¥याउने समय आई सकेको विश्व साईकल यात्री पुष्कर शाहको पनि भनाई छ । उनले स्वास्थ्य, वातावरण र आर्थिक रुपमा पनि साईकलको प्रयोग अपरिहार्य भएको बताए । उनले स्वास्थ्य रहन र वातावरण संरक्षण गर्न पनि साईकल कुदाउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया