ताजा अपडेट »

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

शनिबार, १७ असोज २०७७

काठमाडौ । भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा थप एक हजार ७१ जनामा संक्रमणबाट मृत्यु भएसँगै कुल संख्या १ लाख ८ सय ७५ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश भारतमा कोरोनाबाट हालसम्म ६४ लाख ७० हजार बढी संक्रमित भैसकेका छन् । पछिल्लो २४ घण्टामा थप ७९ हजारमा संक्रमण पुष्टि भएको छ ।भारतमा कोरोनामुक्त हुनेको संख्या ५४ लाख २५ हजार रहेको छ भने ९ लाख ४५ हजार संक्रमित संक्रमित रहेका छन् ।