चैत २२,
बुटवल । प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा बजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ।
मन्त्रालयले २०७/७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना सूचना प्रकाशन भएको मितिले तीस दिन भित्र निवेदन पेश गर्न आग्रह गरेको हो।
प्रस्ताव आव्हान गरिएका कार्यक्रम :
१. गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा बजारीकरण कार्यक्रम ।
२. रेशम विकास कार्यक्रम ।
३. व्यवसायीक पाडा पालन कार्यक्रम (कम्तीमा ३० वटा) ।
४. सहकार्यमा बधशाला निर्माण ।
५. पेलेट दाना बनाउने मेशिननमा अनुदान कार्यक्रम ।
आवेदन कार्यक्रम अनुसार कृषि फर्म, निजी उद्यमी, कृषक समूह, स्थानीय तह, उद्योग वाणिज्य संघ, कम्पनी, व्यवसायी, कृषकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
थप जानकारीका लागि :
फोन : +९७७-०७१-५५००६८,५४००२६
ईमेल :[email protected]
वेबसाईट :www.molmac.p5.gov.np
प्रतिक्रिया