चैत २२,
काठमाण्डौं । सशस्त्र प्रहरी बलमा रोजगारीको अवसर खुलेको छ। प्रहरी बलमा प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुल्ला गरिएको हो । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ ।
र, त्यसैगरी राष्ट्रिय वाणिज्य वैंकले एकैपटक ३५२ जना कर्मचारीका लागि बिज्ञापन प्रकाशन गरेको छ।बैंकले सबै प्रदेश अनुसार आवेदन माग गरेको छ । यस्तो आवेदनमा प्रशासनतर्फ नौ तहमा बरिष्ठ प्रवन्धक, ८ तहमा प्रवन्धक, ७ तहमा उप प्रवन्धक र ६ तहमा सहायक प्रवन्धक सबै प्रशासतर्फको मागेको छ ।
बैंकले ७ औ देखि ९ औ तहसम्मको लागि जम्मा २० जना मागेको छ । ति बाहेक सबै कर्मचारी छैठौ र पाँचौ तहको लागि मागेको हो । पाँचौ तहको बरिष्ठ सहकायक पनि प्रशासन, कानून र नगद र सूचना प्रविधितर्फ रहेका छन् ।
इच्छुक आवदेकले भने अनलाइन फाराम भर्नुपर्ने पनि बैंकले जानकारी दिएको छ । बिज्ञापन सम्बन्धि बिस्तृत विवरण बैंकको वेबसाइट www.rbb.com.np मा गएर हेर्न सकिन्छ ।
प्रतिक्रिया