ताजा अपडेट »

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

शुक्रबार, २२ चैत्र २०७५

चैत २२,

काठमाण्डौं । सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। । आफुहरुलाई संघीय सरकारको मातहत राख्न माग गर्दै आजबाट देशभरका स्वास्थ्य सेवा बन्द गराएका हुन् ।

सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोडान)को नेतृत्वमा सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । गोडानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ ।

यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने संघले निर्णय गरेको हो  । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन्  । सरकारले आफ्ना माग पूरा नगरे सामूहिका राजीनामा दिने उनीहरुले बताएका छन् ।