चैत २२,
काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज उपत्यकासहित देशैभर मौसम बदली भएको जनाएको छ ।
महाशाखाले आज देशका धेरैजसो ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशका केही ठाउँमा आज वर्षासहित हावाहुरी चल्ने सम्भावना छ । यस्तै उच्च हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ ।
आजदेखि आइतबारसम्म विशेषगरी तराई र पश्चिम पहाडमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
यस्तो छ महाशाखाले प्रक्षेपण गरेको तीन दिनसम्मको मौसमः
चैत २२ गते (शुक्रबार)
दिउँसोः देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पूर्वी तथा मध्य भूभागका केही स्थान, पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ । तराईका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना छ । उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
रातिः देशको पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भूभागका १–२ स्थानमा मेघ गर्जनसाथ हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ । पूर्वी र मध्य तराईका सिमानामा हल्का हावाहुरी चल्ने चल्ने सम्भावना छ । यस्तै उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना देखिन्छ ।
चैत २३ गते (शनिबार)
दिउँसोः देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ । बिहानको समयमा तराईका सिमानामा हल्का हावाहुरी चल्ने सम्भावना छ । र उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना देखिन्छ ।
रातिः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहनेछ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ । र तराईका सिमानामा हल्का हावाहुरी चल्ने सम्भावना छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना देखिन्छ ।
चैत २४ गते (आइतबार)
दिउँसोः देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमका १–२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ । पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना पनि छ ।
रातिः देशको अधिकांश भूभागमा आंशिक बदली रहनेछ । देशको पूर्वी भागका १–२ स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ । पश्चिम र मध्य तराईका सिमानामा हल्का हावाहुरी चल्ने सम्भावना छ ।
प्रतिक्रिया