ताजा अपडेट »

महोत्सवमा पर्यटकीय बृत्त चित्र प्रदर्शनी

विहीबार, २१ चैत्र २०७५


चैत २१,
गुल्मी । गुल्मीमा सुरु भएको प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम् ब्यापार मेलामा बृत्त चित्र प्रस्तुत गरिएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्सले चैत २० गते देखी ३० गतेसम्म महोत्सव आयोजना गरेको हो । गुल्मी जिल्ला भित्र रहेका बिभिन्न स्थानका पर्यटकीय महोत्सव बोकेका स्थानहरुलाई समेटेर बृतचित्र प्रदर्शनी गरिएको महोत्सव मूल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।


महोत्सव अवलोकनमा आउने आन्तरिक एवं बाहय पर्यटकहरुलाई गुल्मीमा यस्ता पर्यटकीय क्षेत्रहरु छन् भन्ने जानकारी गराएर पर्यटकहरु भित्राउने लक्ष्यका साथ बृत्तचित्र प्रस्तुत गरिएको भुसालले बताए । जिल्लाका कुन स्थानमा कुन पर्यटकीय स्थान रहेको छ र त्यसको महत्व के छ भन्ने बारेमा जानकारी सहितको बृत चित्र प्रस्तुत गर्न लागिएको भुसालले बताए ।

महोत्सवमा प्रत्येक दिन बृतचित्र मार्फत जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा जानकारी दिने उदेश्यले बृतचित्र प्रस्तुत गर्न लागिएको भुसालले बताए । बृतचित्र मार्फत गुल्मी जिल्लामा रहेका
पर्यटकीय स्थानहरुको जानकारीसँगै ति स्थानहरुको प्रचारप्रसार हुने उद्देश्य राखिएको आयोजकले जनाएको छ । बृत चित्रमा रेसुंगा, रुरु,अर्जुन,बिचित्र गुफा, कंकेदेउराली, इस्मा कोट, मुसिकोट, धुर्कोट, चारपाला दरबार, चोएगा, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको बारेमा महत्व बारे जानकारीसँगै त्यस स्थानका मनमोहक दृश्यहरु बृत्तचित्र मार्फत प्रस्तुत गरिएको छ ।