ताजा अपडेट »

अमेरिकी चुनाव २०२० : रुस र चीन कसको पक्षमा ?

विहीबार, १५ असोज २०७७

काठमाडौँ । आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिय चुनावमा राष्ट्रपति पदका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जोन वाइडेनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

कोरोनाभाइरसको महामारी रोकथाम, विदेशनीति र अर्थतन्त्र मूख्य एजेन्डा बनाएर चुनाव मैदानमा होमिएका ट्रम्प र वाइडेनबीच सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा मार्फत् आफुलाई सक्षम रहेको बताउँदै आइरहेका छन् । मतदानको दिन नजिकिँदै गर्दा चुनावी सर्भेक्षणका नतिजा पनि सार्वजनिक भइरहेका छन् । यसमा वाइडेन केहि अगाडी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिय चुनावमा विश्वका शक्ति राष्ट्रहरुले हस्तक्षेप गर्दै आइरहेको अमेरिकाको आरोप छ । जसमा रसिया, चीन मुख्य रहेका छन् । यसअघिका चुनावमा पनि यी देशहरुले हस्तक्षेप गरेको आरोप खेपिरहेका छन् ।

यसैबीचमा अमेरिकी गुप्तचर विभागका एक वरिष्ठ अमेरिकी अधिकारीले रुस, चीनलाई औंल्याउँदै अमेरिकी मतदातालाई प्रभावित पार्न विभिन्न षडयन्त्र भैरहेको बताएका छन् ।

रुस कसको पक्षमा ?

ट्रंप और पुतिन

रुस सन् २०१६ मा भएको राष्ट्रपतिय चुनावमा हस्तक्षेपको आरोप खेपिरहेको छ । यसपटक पनि हस्तक्षेप गर्नसक्छ भन्नेमा अमेरिकीहरु छन् । अमेरिकी गुप्तचर विभागका अनुसार रुसले डोनाल्ड ट्रम्प नै आगामी राष्ट्रपनि भएको हेर्न चाहेको जनाएको छ ।

गत महिना रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको सिनेट प्यानलले पनि रूसले ट्रम्पको जीत चाहेको स्पष्ट पारेको थियो । प्यानलले घुमाउरो शैलीमा ट्रम्प नै आगामी चुनाव पुन निर्वाचित भएको हेर्न चाहेको बताएको थियो । नेशनल काउन्टर इंटेलिजेंस एण्ड सेक्युरिटी सेन्टर (एनसीएससी) का प्रमुख विलियम अवानिना भन्छिन्- 'रूसले पूर्व उपराष्ट्रपति बिडेनलाई बदनाम गर्न धेरै प्रयास गरिरहेको छ ।' रुसले वाइडेनलाई राष्ट्रपतिको रुपमा नचाहेको अवानिनाले बताएकी छन् ।

यता, गुप्तचर एजेन्सी एफबीआईका निर्देशक क्रिस्टोफर रे भने रूसले सधैँ चुनावी हस्तक्षेप गरिरहनेमा विश्वस्त छन् । उनले भने- 'सन् २०१६ मा कंग्रेसको चुनावको दौरानका प्रयास २०२० को चुनावको लागि ड्रेस रिहर्सल हो ।' यद्यपी, रूसले अमेरिकासहित विभिन्न व्यक्तिले लगाएको सबै आरोप निरन्तर खण्डन गर्दै आएको छ । रुसले कुनै देशको सार्वभौममाथि नखेल्ने बताउँदै आएको छ । यस वर्षको शुरूमा, रूसले हस्तक्षेपको आरोप लगाउनेलाई 'बौलाहा घोषणाहरू'काे संज्ञा दिएको थियो ।

समग्रमा रुसमा बाहिरी पक्षमा ट्रम्पको समर्थन गरेपनि भित्रिरुपमा हस्तक्षेप गर्न लागेको विश्लेषकहरुको दावी छ ।

चीन कसको पक्षमा ?

Trump/Xi Meeting Turns First Of Two Keys For Oil Markets

पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध कोरोनाभाइरस, व्यापार युद्धका कारण चिसिएको छ । सधैँ एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिरहने यी दुई देश सम्बन्ध पहिले पनि खासै राम्रो थिएन।

कोरोना महामारी चीनले फैलाएको भन्दै आएका ट्रम्पलाई आगामी चुनावमा चीन 'खतरा' हुनसक्छ । ट्रम्प प्रशासनका मुख्य व्यक्तिहरू भन्छन्- 'रुस होइन, यस वर्ष चीन खतरा छ ।' एनसीएससीकी प्रमुख अविनीना भन्छिन्- 'अमेरिकी गुप्तचर विभागले यो विश्वास गर्दछ कि चीनले राष्ट्रपति ट्रम्पलाई मन पराउँथो तर, आगामी चुनावमा ट्रम्पको जित चाहँदैन ।''चीनले प्रभाव पार्ने प्रयासहरू बढाइरहेको छ ताकि अमेरिकामा नीति निर्माण वातावरणलाई आकार दिन सकियोस्। चीनको हितको विरोध गर्ने राजनीतिक व्यक्तित्वहरुमा दबाब छ' उनी भन्छिन् ।

चीनले जोखिम उठाएर आक्रामक कदम चालेको र चीनको उद्देश्य विश्वमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु रहेको उनको भनाई छ । ट्रम्पले यसै महिना एक कार्यक्रममा चीनले आफुलाई पुन: राष्ट्रपति बनेको हेर्न नचाहेको बताएका थिए । आगामी चुनाव प्रभावित बनाउन चीनले ठुलो प्रयास गरिरहेको उनले बताएका थिए । उनले भनेका थिए, साँच्चै, चीन जो वाइडेनको पक्षमा छ, चीन यसका लागि प्रयासरत छ ।सम्रगमा चीनले विपक्षी नेता वाइडेनको पूर्ण समर्थन गर्ने विश्लेषकहरु बताउँछन् ।

-बीबीसीको सहयोगमा