ताजा अपडेट »

बर्डफ्लुका कारण भक्तपुरमा ३ हजार कुखुरा नष्ट

विहीबार, २१ चैत्र २०७५

चैत २१,

काठमाडौं । भत्तपुरको दधिकोट नगरपालिकामा बर्डप्लु फेला परेको छ ।

नगरपालिकाको वडा नम्बर १ मा रहेको तर्खगालको बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु फेला परेको हो । कृषि फार्ममा बर्डफ्लु भेटिएपछि २८ साता पुगेका २ हजार ९ सय ८५ कुखुरा मारिएको छ ।

फर्म रहेको कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको जनाइएको छ । उक्त फर्ममा रहेको कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम बताइएको छ ।