भैरहवा । कोरोना महामारीले पारेको संकटबाट पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटन क्षेत्रको पुनरुत्थानको लागि लुम्बिनीमा तयारी भइरहेको बताइएको छ ।
लुम्बिनी विकास कोषका कामू सदस्य सचिव ज्ञानिन राइले विश्वपर्यटन दिवसको शुभकामना दिदैं भनेका छन ‘ कोरोना महामारीबाट सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानकोलागि सबै एकताबद्ध भई अगाडी बढ्नु आजको आवश्यक्ता हो । छिट्टै नै बाह्य तथा आन्तरीक पर्यटकलाई लुम्बिनीमा हामी स्वागत गर्न आतुर छौं ।’ राइले ऐतिहासीक, पुरातात्वीक, सास्कृतिक, धार्मिक र सामाजिक दृष्टिले अति नै महत्वपुर्ण विश्व सम्पदा सूचिमा सूचिकृत लुम्बिनीमा कोरोना महामारीकै कारण स्थलगत अवलोकनमा विगत केहि महिनादेखि स्थगन गरिएको भएता पनि मायादेवि मन्दिर परिसरमा बौद्ध भिक्षु÷भिक्षुणीहरुबाट दैनिक पुजापाठ भइरहेको समेत बताए ।
उनले पर्यटन दिवसमा औपचारिक कार्यक्रम नभएता पनि साईकल यात्रीहरुलाई भने स्वागत गरको बताउदैं कोभिड १९ को संकटकाबीच पनि बृहत्तर लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले संस्थागत रुपमा काम गरिरहेको बताए । उनले भने, ‘ लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम क्षेत्रको विकासको लागि कोषले योजनाका साथ काम गरिरहेको छ। ’
कामू सदस्यसचिव राइले बुद्ध जन्म स्थल लुम्बिनीमा सन्चालित लुम्बिनी गुरुयोजना आगमी २ बर्ष भित्र पुरा हुने पनि बताए । उनले भने, ‘लुम्बिनी गुरुयोजनाको बाँकी काम सम्पन्न गर्नको लागि कोषले कोरोना महामारीकोबीच पनि सरोकारवाला निकायहरुसँग समन्वय गरि डिजाइन तथा लागत तयार गरि थप बजेट व्यवस्थाकोलागि नेपाल सरकारलाई अनुरोध गर्दै भौतिक निर्माणलाई तिब्रता दिएको छ। ’
कोभिड १९ को संक्रमणका बीच पनि कोषले कोरोना सम्बन्धी सचेतना अभियान चलाउनेदेखि विभिन्न गतिविधी गरिरहेको बताउदै विश्व शान्तिको लागि प्राथर्ना गरिरहको पनि राइले बताए ।
प्रतिक्रिया