ताजा अपडेट »

सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

बुधबार, २० चैत्र २०७५


चैत २०,
ग्लोबल आवाज
गुल्मी । प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेला सुरु भएको । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले आजबाट ३० गते सम्म महोत्सव आयोजना गरेको हो । ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवको रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुन । उदघाटन गर्दै नगरप्रमुख भुसालले मेला महोत्सवले जिल्लाको बिकासको निम्ति फाइदा मिल्ने बताए ।


जिल्लामा आन्तरिक र बाह्य पर्यटक ल्याउन यस्ता मेला महोत्सवले भूमिका खेल्ने बताए । महोत्सवले उद्योगी व्यवसायीहरुलाई पोत्साही गर्न यस्ता महोत्वले उत्साह र प्रोत्साहन गर्ने नगर प्रमुख भुसालले बताए । जिल्ल्ला चल्ने महोत्सवबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेमा आफु बिश्वस्त रहेको भुसालले बताए । महोत्सवमा चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, केन्दीय सदस्य टंक पोखरेल, प्रदेश ५ का अध्यक्ष भिम पौडेल, खर्घाखाची अशोक श्रेष्ठ,नेकपा गुल्मीका सचिव बुद्धि जिसी, नेपाली काँग्रेस गुल्मीका सदस्य धर्म पाण्डे, मालिका गाउँपालिका प्रमुख रित बहादु थापा, गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका निर्वतमान अध्यक्ष दुर्गा पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुखहरु बिभिन्न संघ संस्थाका प्रमुख लगायतको सहभागिता रहेका थियो । उद्घाटन कार्यक्रममा तम्घास बजार भित्रका बिभिन्न समुह र बिद्यालय अरु बिभिन्न संघ संस्थाले बिभिन्न खालका झाकीहरु सहित सहभागिता जनाएका थिए । महोत्सवमा ‘गुल्मीको समृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ ।

महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरु गठन गरिएको थियो । महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र अरु ६० प्रतिशत संस्थागत बिकासमा खर्चिने संयोजक न्यौपानेले बताए । उद्घाटन कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुति राखिएको थियो पहिलो दिनको कार्यक्रममा कलाकार दुर्गेस थापा सहितका कलाकारहरुले सांगितिक प्रस्तुति राखेका थिए ।