चैत २०,
पाल्पा । नयाँ शक्ति पार्टी नेपालको पाल्पामा बुधबार भेला सम्पन भएको छ । भेलाले जिल्लामा अभियान संचालन गर्नको लागि घनश्याम पोखरेलको संयोजकत्वमा १५ सदस्यीय अभियान सचिवालय गठन गरेको छ ।
जसको सदस्यहरुमा बसन्त कुवंर, शान्ति विक, वरुण भटराई, भिम विश्व भटराई, मुकुन्द पोखरेल,अनिल नेपाली,तिलक पोखरेल,इस्वरी पोखरेल, तुल बहादुर सिजाली,धन बहादुर सिजाली,तिलक खराल, शिवलाल भण्डारी लगायत रहेका प्रदेश सगठन प्रमुख यज्ञ पोखरेलले जनाए ।
यस्तै भेलाले कार्यविभाजन पनि गरेको छ । सचिवालय संयोजकमा घनश्याम पोखरेल, बसन्त पोखरेल प्रचार तथा प्रवक्ता रहेका छन् ।शान्ति विक कार्यालय प्रमुख, भिम विश्व भट्टराई संयोजक रामपुर नगर प्रमुख,बरुण भट्टराई संयोजक तानसेन नगर,अनिल नेपाली ईन्चार्ज तिनाउ गाउँपालिका ,तुल बहादुर सिजाली ईन्चार्ज रम्वा गाउँपालिका संयोजक, धन बहादुर सिजाली ईन्चाज रहेका छन् ।
ईश्वरी पोखरले रैनादेवी छहरा गाउँपालिका संयोजक, तिलकराम पोखरेल माथागाढी गाउँपालिका संयोजक तोकिएको छ । यस्तै मुकुन्द पोखरेल रामपुर, शिवलाल भण्डारी रैनादवी छहरा गाउँपालिका संयोजक रहेका छन् ।
यस्तै आगामी बैशाख १० भित्र जिल्लाका बिभिन्न गाउँपालिका भेला गर्ने निणर्य गरिएको छ । भेलामा केन्द्रीय संरक्षक बिष्णुहरी शर्मा , प्रदेश संयोजक कमल खनाल, प्रचार प्रमुख पंकज राईले मन्तव्य राख्दै पार्टीलाई वडा तहसम्म विस्तार गर्न संयोजकहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया