बुटवल । नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ । अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा वि.सं २०३० सालमा घटेको एक घटनालाई देखाउन खोजिएको छ ।
चलचित्रमा २ चोरले रहस्यमयी बाकस लुटेपछि उत्पन्न परिस्थितीलाई देखाइएको छ । चलचित्रमा सौगात र सृष्टिका अलावा अर्पण थापा, रविन तामाङ, कालु रानालगायतको मुख्य अभिनय रहेको छ । चलचित्र आगामी पुष १७ गतेबाट रिलिजमा आउने छ ।
टिजर-
प्रतिक्रिया