काठमाडौं । यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स ११ पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ ।
बैंगलोर र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
बैङ्लोर विराट कोहलीको कप्तानीमा मैदान उत्रदैछ भने पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् । पहिलो खेलमा जित हात पारेको बैंगलोर आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । यस्तै, पहिलो खेलमा पराजित भएको पञ्जााव भने विजयी सुरुवातको खोजीमा छ । पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।
प्रतिक्रिया