चैत १९,
बुटवल । टिप्परको ठक्करबाट बुटवलका उपप्राध्यापक डोलराज अर्यालको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले ठक्कर दिँदा लु २२ प ४९७९ नंं को मोटरसाइकलमा सवार उनको मृत्यु भएको हो ।
बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिप्परले ठक्कर दिएपछि प्राध्यापक अर्याल गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार राति ८ बजेतिर मृत्यु भएको ५ नंं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
देवदह घर भएका अर्याल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषयका प्राध्यापक हुन् । -नागरिक आवाज
प्रतिक्रिया