ताजा अपडेट »

अष्ट्रेलियामा २ नेपालीबीच हिंस्रक झडप

मंगलबार, १९ चैत्र २०७५

चैत १९,
काठमाण्डौ । अष्ट्रेलियाको मध्य सिड्नीस्थित सिबीडीमा दुई नेपालीबीच हिंस्रक झडप भएको छ। सोमबार राती भएको झडपमा एक नेपाली युवकको दिमागमा रक्तश्राव र टाउकोको हड्डी भाँच्चिएपछि अस्पताल भर्ना भएका छन् भने उनका अर्का साथी हिरासतमा छन् ।

एनएसडब्लू पुलिसका अनुसार सोमबार स्थानीय समयानुसार राती साढे १२ बजेको उक्त घटनापछि पार्क स्ट्रिट नजिकै जर्ज स्ट्रिटमा आपतकालीन सेवा बोलाइएको थियो । २२ वर्षे एक नेपालीलाई उनका २५ वर्षे साथीले मुक्का हान्दा टाउकोको हड्डी भाँच्चिएको हो भने दिमागमा रक्तश्राव भएको छ । उनको सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भइरहेको छ । उनका २५ वर्षे नेपाली साथीलाई प्रहरीले पक्राउ गरेको छ ।

यी दुई नेपालीको जर्ज स्ट्रिट नजिकै बाटो काट्नेबेला दुई दाजुभाइसँग बहस चर्किदाँ उक्त घटना भएको बताइएको छ । ती दुई दाजुभाइलाई पनि पक्राउ गरिएको थियो तर उनीहरुलाई जमानतमा रिहा गरिएको छ ।

प्रहरीले दुवै नेपालीको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ। -केन्द्रबिन्दु