चैत १९,
काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर मौसम बदली हुने जनाएको छ । महाशाखाका मौसमविद्का अनुसार आज देशका विभिन्न ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
दिउँसो ३ बजेपछि देशका पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना रहेको छ ।
मौसम परिवर्तन हुने क्षेत्रका मानिसलाई बेलैमा सचेतता अपनाउन महाशाखाले आग्रह गरेको छ । पश्चिमको पहाडी भेग तथा मध्य क्षेत्रका काठमाण्डुलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
पूर्वमा भने तराई तथा पहाडी दुवै भेगमा गड्याङगुडुङ र हावाहुरीसहित पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट सयौं मानिस घाइते भएका छन् । साथै उक्त विपत्तिमा परी २८ जनाले ज्यान गुमाएका छन् ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमानः
चैत्र १९ गते मंगलबार
दिउँसोः देशको पुर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
राति: देशको पुर्वी भू–भागलगायात मध्य पहाडी भु–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भू–भागका १र२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
चैत्र २० गते बुधबार
दिउँसोः देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू–भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु–भागका १र२ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
राति: देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
चैत्र २१ गते बिहिबार
दिउँसोः देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू–भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
राति: देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । -काठमाण्डु टुडे
प्रतिक्रिया