ताजा अपडेट »

शिर्ष नेता दाहाल र देउवा पनि प्रभावित क्षेत्रमा

मंगलबार, १९ चैत्र २०७५

चैत १९,

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा हावाहुरीले क्षति गरेका स्थानको आज निरीक्षण गर्ने भएका छन् ।

त्यसका लागि दुई नेता आआफ्ना टोलीसहित हावाहुरी प्रभावित क्षेत्रमा जानेछन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । कांग्रेस सभापति देउवा भने त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।