ताजा अपडेट »

रोहितलाई १२ लाख जरिवाना

सोमबार, १८ चैत्र २०७५

चैत १८,
भारतीय क्रिकेट टिमका ओपनर तथा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् । शनिबार किंग्स इलाभेन पन्जावसँगको खेलमा सुस्त गतिमा ओभर सकेको भन्दै आईपीएल आयोजकले शर्मालाई १२ लाख भारतीय रुपैँया जरिवाना लगाएको छ ।

शनिबार सम्पन्न आईपीएलको नवौं खेलमा मुम्बईका बलरले पनजावसँगको खेलमा निर्धारित समय भन्दा ढिला (सुस्त) गतिमा सकेका थिए । आईसीसीको नियम अनुसार कुनै पनि टिमले २० ओभरको खेलमा बलिङ ७५ मिनेट भित्र सक्नुपर्छ । तर मुम्बई पन्जावसँगको खेलमा ७५ मिनेट भन्दा बढि समय लगाएपछि कप्तान रोहित शर्मा कारवाहीमा परेका हुन् ।

उक्त खेलमा मुम्बई पन्जावसँग ८ विकेटले पराति भएको थियो । १ सय ७७ रनको लक्ष्य पन्जावले १८।४ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । मुम्बईले जारी आईपीएलमा तीन खेलमा २ मा पराजित भएको छ । पहिलो खेलमा दिल्लीसँग ३७ रनले पराजित हुँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ रनले हराएको थियो । मुम्बई आफ्नो चौथो खेल आगमी ३ अप्रिलमा चेन्नई सुपर किंग्ससँग खेल्ने छ । -एजेन्सी