चैत १८,
काठमाण्डौ । देशको पूर्वी तथा मध्यभागमा मङ्गलबारसम्म मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताए । देशको पहाडी भेगको केही स्थानमा र तराई भेगको एक दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जानकारी दिए ।
त्यसैगरी, हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिए ।
मङ्गलबार देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै देशको पहाडी भेगको थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
भारतको मध्यप्रदेशमा विकसित भएको न्यून चापीय क्षेत्र (लो प्रेसर एरिया) को प्रभावका कारण वायुमण्डलको तल्लो सतहमा जलवाष्पयुक्त हावा सजिलै प्रवेश गर्ने भएकाले नेपालमा अहिलेको मौसमी अवस्थामा परिवर्तन आएको उनले बताए ।
प्रतिक्रिया