ताजा अपडेट »

निर्धारित कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री पर्सा र बारामा

सोमबार, १८ चैत्र २०७५

चैत्र १८,

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री आज बिहान सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।