ताजा अपडेट »

सैनामैना मेयरकप फुटबल प्रतियोगिता : सेमिफाइनलका खेल सुरु

आइतबार, १७ चैत्र २०७५


फर्साटिकर एफसी फर्साटिकर,फाइनलमा

चैत १७,
ग्लोबल आवाज
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका वडा न.७ देउपार मा जारी ‘सैनामैना मेय®कप नकआउट फुटबल प्रतियोगिता–२०७५’ मा सेमिफाइनलका खेल सुरु भएको छ ।  । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट ४ टिम मध्ये आइतबार फर्साटिकर एफसी फर्साटिकर र न्यू एभरेष्ट युवा क्लब गैडहवा बिचको खेल सम्पन्न भएको छ । जसमा फर्साटिकर एफसी फर्साटिकर विजयी भएको छ । फर्साटिकरले १–४ गोलले एभरेष्ट युवा क्लबलाई पराजित गरी फाइनलमा प्रवेश गरेको छ । सोमबार विश्वशान्ति युवा क्लब सालझण्डी र चाँदनी युवा क्लब दानापुर बिच प्रतिष्पर्धा हुने छ ।

चैत्र २० गतेसम्म चल्ने उक्त प्रतियोगितामा विजेताले उपाधिसँगै नगद १ लाख ५१ हजार,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले ८१ हजार नगद, शिल्ड,मेडल र प्रमाण पत्र र सेमिफाइनलमा पराजित हुने दुुई टिमले नगद २०–२० हजार,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।


त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुुने खेलाडीले साइकल प्राप्त गर्ने छ भने उत्कृष्ट गोलकर्ता,उत्कृष्ट फरवार्ड,उत्कृष्ट डिफेण्डर , उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिलडर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार ५ सय ५ प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ९ लाख बढी लाग्ने लाग्ने भएको छ । जसमा सैनामैना नगरपालिकाबाट ४ लाख सहयोग गरेको छ भने प्रवेश शुल्क,चन्दादाता र प्रायोजकबाट बााकी रकम जुटाउने आयोजकको योजना रहेको क्लबका सचिब रोमनाथ न्यौपानेले बताए ।

सैनामैना नगरपालिका वडान.७ का वडा अध्यक्ष डिलाराम बेल्बासेले स्थानीय खेलाडीहरुको क्षमता अभिबृद्धि गर्न र वडालाई खेलकुद हबको रुपमा विकास गर्न नगरपालिकाले सहयोग गरेको बताए । सैनामैनाको उक्त वडालाई खेलकुदको पकेट क्षेत्रको रुपमा विकास गर्न प्रतियोगता आयोजना गरिएको जनप्रिय स्पोर्टिङ क्लबका अध्यक्ष किशोर रानाले बताए ।

https://www.globalaawaj.com/archives/4737