ताजा अपडेट »

जीवन र कोरोना कहरसँग जुध्दै महिला रिक्साचालक

आइतबार, २८ भदौ २०७७

घरायसी काम सकेर रिक्सा चलाउनु रिता अधिकारीका दैनिकी होे । आफूले गर्दै आएको सहकारीको जागिर छोडेर रिताले अटो रिक्सा चलाउन थालेकी हुन्। ६ बर्ष यता रिताको दिनाचार्य फेरिएको छ । अरुको जागिर गर्नु भन्दा सानो भएपनि आफ्नै केहीे गर्ने सोँच आएपछि उनले रिक्सा चलाउन थालेकी हुन् । उनि भन्छिन् ‘सुरुमा अटो चलाउने महिला नहुने हुँदा अप्ठारो लाग्थ्यो ,पछि–पछि बानी पर्यो ।’

देशव्यापी रुपमा रिक्सा चलाउने काममा महिलाको आकर्षण बढेको छ । अटो रिक्सा महिलाको लागि राम्रो अवसर रहेको उनि बताउँछिन् । यसरी अटो चलाउँदा रितालाई समस्या नआएको होइन । सुरुको दिनमा अटो रिक्सा चलाउँदा महिलाले पनि अटो चलाउँछन् र ? राम्रोसँग चलाउन्नन् भनि नचढम् भन्ने मानिसहरुको पनि कमि थिएन । कसैले भने दिल खोलेर प्रशंसा अनि हौसलासम्म बढाएको उनि बताउछिन् । यसरी रिक्सा चलाउँदै आएकी बुटवल –८सुख्खानगर बस्ने रिताका श्रीमान भारतमा कुकको काम गर्छन् । उनका दृई छोरी छन् । सुरुको दिनमा रिक्सा भाडामा लिगेर उनले अटो चलाएकी थिइन् । उनले हाल आफ्नै अटो किनेकी छन् ।

अटो चलाएरै घर खर्च, छोरीहरुको पठनपाठनसम्म खर्च व्यवस्थापन गर्दै आएकी रिताले कोभिड –१९ को कारण भने धेरैनै असहज परिस्थतिको सामना गर्नु परेको बताउँछिन् । कोभिडकै कारणले रिक्सा चलाउन नपाएपछि उनको आम्दानी ठप्प छ। उता श्रीमानको पनि काम बन्द भएपछि उनलाई भाडा बुझ।उन समेत गार्हो भएको बताउँछिन् ।

रिक्सा चालक लक्ष्मी राईको अल्लि फरक संघर्ष छ । बुटवल बुद्धनगर घर भएकी लक्ष्मी राईको विहानी रिक्सासँगै सुरु हुन्छ । उनका ५ जना छोराछोरी छन् । श्रीमानले अर्को विवाह गरेपछि उनको जीवनमा समस्या आयो । उनले लक्ष्मीलाई घरखर्चमा सहयोग गर्न छोडे । त्यसपछि उनलाई घरखर्च चलाउन , छोराछोरी पढाउन धौ–धौ हुन थाल्यो । विकल्पका रुपमा उनले हस्पिटल लाईनमा फलफूल बेचेर गुजरा चलाउन थालिन् । केहिवर्ष पछि उनका श्रीमान क्यान्सरबाट पीडित भए । श्रीमानको जिम्मेवारी पनि उनि माथी नै आयो । उनि भन्छिन्,‘जस्तो भएपनि आफ्नै श्रीमान जिम्म्ोवारीबाट भाग्नै सकिन ।

श्रीमानको औषधि, छोराछोरीको पढाई,घरखर्च जिम्मेवारीले मलाई यसरी घेर्योेकि, के भनौ ।’ जसोतसो उनको संघर्षका दिन अघि बढेका थिए। पछि बुटवल उपमहानगरपालिकाले बाटो छेउमा फलफूल बेच्न रोक लगाए पछि उनको जीवनमा थप बज्रपात पर्यो । उनले भनिन् ‘त्यहि समय उनको श्रीमानको पनि मृत्यु भयो । उनले भनिन् ‘बिस्तारै दुःख बिर्सिदै गएँ । छोराछोरी पढाउन, घरखर्च चलाउन केही त गर्नू नै पथ्र्यो फेरी रिक्सा चलाउन सुरु गरे ।’ चैत्र ११ बाट लकडाउन घोषणा भएसँगै कसरी घर खर्च चलाउने र के खाने भन्ने कुराले सताउन थाल्यो त्यसपछि कोरोनाबाट बच्ने उपायकोे प्रयोग गदै, भौतिक दूरी कायम गदै रिक्सामै तरकारी लिएर हिड्न थाले।

कोरोनाको अवस्था साम्य नहँुदा,आम्दानीको अरु कुनै बाटो नहँुदा उनको दिन भोलि के हुने हो सोचेरै बित्छ । रिता अधिकारी र लक्ष्मी राई उदाहारण मात्र हो। आफ्नै संघर्षमा केहि गर्न चाहाने महिलाको लागि यो समय अझ बढी चूनौतीपूर्ण बनेको छ ।