चैत १७,
ओखलढुंगा । ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर तीनजना घाइते भएका छन् ।
मृतक मध्ये चार पुरुष र दुई महिला रहेको र उनीहरुको सनाखत हुन बाँकी रहेको ओखलढुंगा प्रहरीले जनाएको छ । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । घाईते तिनै जनाको थप उपचारको लागि उदयपुरको घुर्मी अस्पताल लगिएको छ ।
सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ-६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया