चैत १७,
बुटवल । लोकतन्त्रको रक्षा, विकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई बलियो बनाएर लैजानु पर्नेमा तिलोत्तमामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
नेपाली काँग्रेस तिलोत्तमा वडा नं २ को वडा सम्मेलनमा बोल्ने वक्ताहरुले काँग्रेस कमजोर हुँदा मलुक नै कमजोर हुने भन्दै लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसलाइ बलियो बनाउनु पर्नेमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका सचिव रामकृष्णा खाँणले एक बर्ष ख्याल ठठ्टामै बिताएको ओली सरकारबाट विकास र समृद्धि सम्भावना नभएको बताए ।
बहुमतको सरकार आएपछि देशमा भ्रष्टाचार र दण्डहिनता बढेको भन्दै उनले विकास र समृद्धि नारामा मात्रै सिमित हुँदा आर्थिक गतीविधिहरु ओरालो लागेको बताए । काँग्रेसको भविष्य उज्वल रहेको भन्दै उनले पार्टीलाइ शसक्त र क्रियाशिल बनाउदै टोल बिस्तार अभियान मार्फत काँग्रेसको जन–लहर सृजना गरीने बताए ।
कार्यक्रममा महासमिति सदस्यहरु यमबहादुर खत्री र युवराज गीरी, क्षेत्रीय सभापती हरी लम्साल, पुर्व जिल्ला उपसभापती मनोरमा शेरचन, जिल्ला सदस्य कृष्ण गौतम, बुटवल नगर उपसभापती बिमलराज भट्टराइ, वडा सभापती तिर्थराज पौडेल, गुरुप्रसाद देवकोटा, राममाया पौडेल, नविन आर्चाय, मिनप्रसाद देवकोटा, कबिता पन्थी लगायतले बोल्दै पार्टी भित्रको गुट–उपगुटलाई त्यागेर पार्टीलाइ सशक्त र क्रियासील बनाउदै लैजानु पर्नेमा जोड दिए ।
प्रतिक्रिया