ताजा अपडेट »

कोरोनाले निम्ताएको कहर

शनिबार, २७ भदौ २०७७

कोराना माहामारीको जति बढ्दै गएको छ । मानिसहरूका समस्याहरू झन् झन् जटिल बन्दै गएका छन् । झनै विकराल अवस्था आउन सक्ने प्रबल सम्भावना छ। अहिले को यो स्थिति हेर्दा। दिनानुदिन दिन आगो जस्तै सल्किरहेको छ। यसलाई नियन्त्रण गर्न सरकारको कुनैपनि संयन्त्रले काम नगरेको दुःखद अवस्था छ। कोरोना जति जटिल बन्दै छ। नेपालको अर्थतन्त्र पनि धारासायी हुने लगभग निश्चित जस्तै भैसकेको छ। यसले आम नागरिकलाई ससंकित बनाएको छ। अहिले को यो अवस्था यस्तै रहिरहने हो अनुमान गर्न सकिन्छ। भविष्यमा नेपालमा भोकमरीको अवस्था नआउला भन्न सकिन्न । छ महिना जति भैसक्यो कोरोना माहामारीको कारणले आम जनमानसमा समस्या फैलाएको।

जनता बेरोजगारी भैसकेका छन्। देशमा लकडाउन गर्दा यति ठूलो असर परेको छ कि। त्यसलाई सजिलै आँकलन गर्न नसक्ने परिस्थिति सिर्जना भएको छ । रोजगारीका बाटाहरू बन्द हुँदै गएका छन् र कति त भै नसके अब जनतालाई दैनिक गुजारा गर्ने समेत गार्हो भैसक्यो। एक छाक खाने खर्च समेत नहुँदा बाटो बाटोमा मागेर खान पर्ने यस्तो कारूणिक स्थिति सिर्जना भएको छ। सरकार कहाँ छ अहिलेको यो समय नागरिकलाई थाहा छैन । सरकार भन्छ कोहि भोको रहनु पर्दैन । तर, यसको ठ्याक्कै उल्टो भैसक्यो अब यहाँ सबै भोको रहने अवस्था आइसक्यो । सरकार भने अझै पनि शक्ति र सत्ता र खेलमा छ । कताबाट आफ्ना आसेपासेहरूलाई भरण पोषण गर्न सकिन्छ। त्यतै लागेको दुःखद अवस्था छ।

भगवान रूपी मनकारी
अहिले यस्तो लागेको छ नेपाल मा विभिन्न संघ संस्था र ठूलो मन भएका नेपाली हुने थिएनन् भने पक्कै पनि आज आम नागरिकहरु भोक भोकै मर्नु पर्ने बाध्यात्मक अवस्था आउँदो रहेछ। सायद् ती महान व्यक्तित्वहरूको जति गुणगान गायपनि कमै भएर आउँछ। आज गरिब दुःखी हामी जस्ता भूँई मान्छेको निमित्त भगवानको अवतारमा बनेर सेवा गर्दै हुनुहुन्छ। भगवान खोज्न कँही जानु पर्दैन दुःखको बेला धेरै निमुखाहरूको भोक पेट भरिदिएर ज्यान बचाउनु भएको छ। तपाइँहरु त साक्षत भगवान कै रूप हो सेवा नै धर्म यो उदाहरण तपाइँहरुबाट अनुसरण गर्ने सकिन्छ। तपाइँहरु सबैलाई मेरो कोटिकोटि प्रणाम छ। दुःखको बेला सरकार निर्ह साबित हुँदैगर्दा। उहाँहरु भगवान बन्नु भएको छ। धेरै मनकारी व्यक्तित्व हुनुहुन्छ। नाम लिन असमर्थ भए माफ गर्नुहोला। नाम लिन मन थियो धेरै हुनुहुन्छ महान व्यक्तित्वहरु सबैलाई उच्च सम्मान हामी सबै निमुखा नेपाली जनताको तर्फबाट। यस्ता संघसंस्था र व्यक्तित्वबाट हाम्रो सरकार मा रहेका साशकहरु ले केहि सिकुन्।

विदेशमा नेपालीको पीडा

कोरोना माहामारीले हामीलाई नेपालमा मात्र समस्या परेको कहाँ होर ! नेपाल भन्दा विदेशमा झन् दर्दनाक अवस्था र व्यथाहरु छन् हामी नेपालीका। कोरोना माहामारी विश्वव्यापी रूपमा फैलिएको हो । यसको जोखिमबाट अछुतो रहन खासै कुनै पनि देश सकेन । खासगरी रोजगारको सिलसिला रहेका नेपालीहरुलाई अत्यधिक समस्या पारेको छ। धेरै नेपालीको रोजगारका लागि मुख्य गन्तव्य रहेका खाडी मुलुकमा कोरोना माहामारीले गर्दा नेपालीका दुःख कष्ट डरलाग्दो छ। विगत ६ महिलादेखि रोजगारी गुमाएर बसेका छन् त्यहाँ नेपालीहरु। कोरोना फैलिएर ती देशहरूपनि उच्च जोखिममा परे यही कारणले गर्दा लामो समयसम्म लकडाउन गरियो । निरन्तर रूपमा कम्पनी चल्न सकेनन् । त्यसैको कारण अधिकांश रोजगार दाताहरूले रोजगारी दिन नसक्ने स्थिति सिर्जना भयो । त्यसैको सिकार हाम्रा दाजुभाई पर्नुभएको छ। काम गर्नलाई काम छैन ६ महिना भैसक्यो। काम नभएपछि खानालाई ज्यान धान्नको निम्ति पनि पैसा कति पनि छैन। घर आउँ भने कोरोनाको कारण नेपाल सरकारले पनि उडान बन्द गर्दियो । त्यही बसौं भने खानालाई बस्नलाई समस्या भएको छ। ६ महिलासम्म कम्पनीबाट अलग हुँदा भिषा सकियो। त्यहाँ बसौं भने अब “इल्लिगल“ भैयौ। राजदूतावासमा गएर हारगुहार गरौं भने राजदुतावासले प्रवेशमा रोक लगाइदिएको र निरह बनेको छ।

सरकारले बीच बीचमा उद्धार उडान भन्दै केहि उडान सञ्चालन गरेपनि सरकारको कालो कर्तुत र अक्रमणका कारण छताछुल्ल भएको छ। उद्धार उडानको नाममा तिनै अप्ठ्यारोमा परेका नागरिकको ढाड सेक्ने काम मात्र गरेको छ। हवाइजहाज भाडामा तिनगुणा वृद्धि गरेको पैसा छ। नागरिकबाट तिनगुणा बढी पैसा लिएर केही उडान गर्यौ। र अझ सरकारको व्यक्तब्य हामीले सरकारी तबरबाट उद्धार गरियो भन्दै डाटा देखाउँछ। कति सम्मको निर्लज्जताको प्रकाष्ट हो यो सरकारको।

नागरिकको ढाड सेक्ने गरी पैसा लिएर केही उडान गरेपनि बीचमा फेरि बन्द गर्यौं कोरोना माहामारी फैलिएको भन्दै। नागरिक आफै पैसा तिरेर आउँछु भन्दा उडान रोकिराखेको अवस्था छ। विदेश गएर देशको अर्थतन्त्र धानेका ती सोझासाझा नागरिक को सम्मान गर्ने नैतिक दायित्व सरकारको हैन र ? घर आउँछु भन्दा आउन नदिने बेरोजगार भएर बसेका आफ्ना नागरिक तत्काल उद्धार गर्न सकेन बिभिन्न समस्या भएहोला। कमसेकम त्यही देशमा आफ्ना नागरिकको सुरक्षाको ग्यारेन्टी लिन नसक्ने यो कस्तो सरकार लाचाारी सरकार।

धैर्यको बाँध अब भत्किने वाला छ सरकार। छिटो भन्दा छिटो उचित किसिमको कदम चाहियो। दुःखको बेलामा काम नलाग्ने सरकार आखिर के काम भन्ने आवेगले जनता उतप्रोत भएका छन्। केही दिन अघि साउदी अरबमा नेपालीहरुले नेपाली राजदूत र नेपाल सरकार विरूद्ध घोर अपनाउन शैलीमा नारा बाजी गरेका छन्। विदेशमा आफ्नो देशको सम्मान गर्नु साटो नागरिकले विरोध गरिरहेका छन्। यो पक्कै पनि सरकारको लागि राम्रो संकेत हैन। नेताहरुको गैरजिम्मेवारीपनले नागरिकहरु विदेशमा आन्दोलन गर्न बाध्य हुनु साँच्चै यो सरकारको निम्ति खतराको घण्टी हो। के भोलि चुनावको लागि तिनै जनताको खुट्टा ढोग्न जानुपर्दैन ! होसियार नेपाल सरकार धैर्यको बाँध टुटिसकेको छ। फेरि देशमा कतै विध्वंश नमच्चिएला भन्न सकिन्न।